युएससीआईएसबाट एसाइमल स्वीकृत दरमा नाटकीय कमी


प्रकाशित मिति : माघ २४, २०७४ बुधबार

अमेरिकी सरकारको युएससीआईएसबाट एसाइलम स्वीकृति दरमा नाटकीय रुपमा कमी आएको छ । अझ सबैभन्दा कम प्रतिशत एसाइलम स्वीकृत गर्नेमा न्युयोर्कमा रहेको एसाइलम अफिसले नयाँ रेकर्ड राखेको छ ।

गत डिसेम्बरमा न्युयोर्कको एसाइलम अफिसबाट जम्मा १० प्रतिशत आवेदनहरुमात्र स्वीकृत भएका छन् भने ९० प्रतिशत आवेदनहरु या त अस्वीकृत गरिएको छ या त अदालतमा रिफर गरिएको छ । अमेरिकाका १० वटै जुरिडिक्सनको तुलनामा न्युयोर्कबाट एसाइलम स्वीकृति दर सबैभन्दा कम देखिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत बर्षको सोही महिनामा न्युयोर्कबाट २१ प्रतिशत आवेदनहरु स्वीकृत भएका थिए । अर्थात् ४९६ आवेदनमध्ये १सय ३ आवेदनहरु स्वीकृत भएका थिए तर यो डिसेम्बरमा भने ८५८ आवेदनहरुमध्ये जम्मा ८७ आवेदनहरु स्वीकृत भएका छन् ।

आर्थिक बर्ष २०१८ का तीन महिनामा अमेरिकामा युएससीआईएसबाट एसाइलमको स्वीकृत दर जम्मा १८ दशमलव ९ प्रतिशत रहेको छ भने आर्थिक बर्ष २०१८ को तीन महिनाको समग्र विवरण हेर्दा न्युयोर्कबाट स्वीकृति दर जम्मा ८ दशमलव ९ प्रतिशत रहेको छ ।

विगतका आर्थिक बर्षहरुको तुलना गर्दा पनि सन् २०१८ मा एसाइलम स्वीकृत दरमा गिरावट आएको छ । सन् २०१५ मा एसाइलम स्वीकृत दर ४५ प्रतिशत रहेको थियो भने सन् २०१६ मा ४१ प्रतिशतमा झरेको थियो । त्यस्तै सन् २०१७ मा ३४ प्रतिशतमा झरेकोमा सन् २०१८ मा एसाइलम स्वीकृत दर जम्मा २६ प्रतिशत रहेको छ ।

अमेरिकी सरकारले बदलेको एसाइलमको नयाँ नियम र प्राथमिकताबारे कानुन व्यवसायी केशव सेडाई

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com