डेढ वर्षकी बालिका बेबारिसे भेटियो


प्रकाशित मिति : माघ २१, २०७४ आईतबार

नारायणी उपक्षेत्रीय अस्पताल परिसरमा वेवारिसे बच्चा फेला परेको छ ।

अस्पतालको प्रसुति गृह परिसरमा डेढ वर्षकी बालिका अलपत्र अवस्थामा भेटिएकी हुन् ।

मध्यान्ह १२ बजेदेखि नै अस्पताल परिसरमा अलपत्र रहेकी बालिकाको अभिभावक को हुन् ? र कसले त्यहाँ छोडेको भन्नेबारे कसैलाई जानकारी छैन ।

प्रत्यक्षदर्शीका अनुसार बालिका मानसिक रुपमा कमजोर जस्तो देखिएको र रोइरहेकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामाजिक अभियन्ता प्रकाश थारुले प्रसुति गृह परिसरमा रहेको चौतारामा बालिकालाई अलपत्र अवस्थामा भेटिएको बताए ।

‘चौतारामा बच्चा रौइरहेको रहेछ, हामीले दूध र पाउरोटी खुवाइदिएका छौं’ उनले भने ‘कसले किन छोडेको भन्ने बारे जानकारी पाउन सकिएको छैन ।’

उनका अनुसार बालिकाको साथमा छोडिएको झोलामा बिस्कुट, दूध र पाउरोटी पनि थियो । बच्चालाई कसैले छोडेर गएको हुनसक्ने अनुमान गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com