प्रदेशको पहिलो बैठक सकियो , माघ २९ मा सभामुखको निर्वाचन , बैठक मा कस्ले के -के भने ?


प्रकाशित मिति : माघ २१, २०७४ आईतबार

माघ २९ गते सभामुखको निर्वाचन गर्ने निर्णय गर्दै प्रदेश नम्बर ६ को पहिलो प्रदेशसभा बैठक सकिएको छ।

सिंचाइ डिभिजन कार्यालयको सभाहलमा आइतबार दिउँसो १ बजे बसेको बैठकमा तीन विषयमाथि छलफल गर्ने कार्यसूची अनुसार संसदको कारबाही अघि बढेको थियो।

संसद् बैठक सञ्चालन कार्यविधि, सभामुखको निर्वाचन, संसदमा बोल्ने वक्ताहरुको विषयमा कार्यसूची अनुसार बैठक अघि बढेको संसद् सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।कार्यसूची अनुसार बैठकले सभामुखको निर्वाचन माघ २९ गते गर्ने निर्णय गरेको हो।प्रदेश ६ मा ४० जना सांसद छन्।

प्रदेश ६ का प्रदेश सांसदहरुले आफ्नैै कारण यो प्रदेश पछाडि परेको स्वीकार गर्दै भौगोलिक विकटता चुनौतीपूर्ण रहको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बैठकमा बोल्ने ४ दलका प्रदेश सांसदहरुले अब राज्यव्यवस्था पनि परिवर्तन भइसकेको भन्दै अब प्रदेशका स्रोत र साधनको प्रयोग गरेर प्रदेश समृद्धिको बाटोमा लाग्ने बताएका छन् ।

भोक, रोग र शोकमा रहेको सबैभन्दा गरीब प्रदेशको प्रतिनिधित्व गर्नु चुनौतिपूर्ण भए पनि अब समृद्ध प्रदेश बनाउनुपर्ने अभिभारा आफूहरुमा आएकाले गरीब प्रदेशको परिचय मेटाउनुपर्ने बताएका छन् ।

महेन्द्रबहादुर शाही

यो जनताको आन्दोलनबाट प्राप्त प्रदेश हो । कान्छो प्रदेश हो । यो क्षेत्र अगाडि बढ्न नसक्नेको मुख्य दोषी राज्य व्यवस्था थियो । परिवर्तनविना हामी केही गर्न सक्दैनौं भन्यौं ।

व्यवस्था परिवर्तन भयो । यो हाम्रा लागि ठूलो उपलब्धी हो । अबको बाटो विकास र समृद्धिको हो ।
तर, अब हामी गरीब हुनुपर्ने र पछि पर्नुपर्ने कारण छैन ।

प्रदेशको समृद्धिका लागि सबै एक भएर अगाडि बढौं । अरुलाई गाली गरेर यो प्रदेश बनाउन सकिँदैन । हामी हाम्रै कारणले पछि परेका हौं । अब सबै मिलेर प्रदेशको समृद्धिका लागि लाग्नुपर्ने आवश्यकता छ ।

यामलाल कँडेल

यो प्रदेश जनताको आन्दोलनबाट प्राप्त प्रदेश हो । जनताको र हाम्रो चाहना थियो । बाँके र बर्दिया नछुटेको भए हुन्थ्यो ।
सामान्य सिटामोल खान नपाएर जीवन बिताउनु पर्ने अवस्था छ । यो अवस्थामा हामीले जिम्मा पाएका छौं । तर, हामीले प्राप्त गरेको प्रदेशमा अरुको भन्दा सम्भावना कम छैनन् ।

जीवनबहादुर शाही

यो प्रदेश आज पनि सबैभन्दा पछाडि छ । सबैभन्दा गरीब छ । यस्ता रिपोर्ट आइरहेको छ । हामी किन गरीब भयौं ? यसको खोजी गर्ने र समृद्ध प्रदेश बनाउने जिम्मा हाम्रो हो । हामीले नै अब प्रदेशको जिम्मा लिनु पर्छ ।

यहाँको जल,जमिन, जडिबुटी लगायतका स्रोतसाधनको प्रयोग गरेर प्रदेशलाई समृद्ध बनाउन सकिन्छ । भाषणमा होइन काम गर्नुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com