अझैपनि खोलाको ढुंगामा बसेर पढ्न बाध्य दलित बालबालिका


प्रकाशित मिति : माघ २१, २०७४ आईतबार

पेमा लामा
सिन्धुली जिल्लाको घ्याङ्लेक गाउँपालिका–५, बगरटोलका दलित बालबालिका जाडोमा खोलाबाट आउने सिरेटोसंगै बगरको ढुंगामाथि बसेर पढ्न बाध्य छन् । जिल्लाको विकट सो ठाउँका बालबालिका नजिक अरु विद्यालय नभएकाले त्यसरी पढ्न बाध्य भएका हुन् ।

त्यहाँका ३५ घरधुरी रहेको बस्तीमा अधिकांश दलित बस्तीका बालबालिका त्यसरी खुल्ला बगरको ढुंगामाथि बसेर बढ्दै आएको सात वर्ष बितेको शिक्षिका वर्षा विकले बताउनुभयो ।

“हाम्रो यो दलित बस्ती रहेको बगरटोल नजिकै अरु विद्यालय नभएको र भएका विद्यालयमा जान एक घण्टाको बाटो हिँडेर जानुपरेका कारण यहाँका अभिभावकले सानो टहरा बनाएर माटोखानी बालज्योति विद्यालय स्थापना गरेका हुन्”, उहाँले भन्नुभयो ।

दिनको तीन घण्टा पढाइ हुने सो विद्यालयमा ३३ दलित बालबालिकाले अध्ययन गर्दै आइरहेका छन् । त्यहाँ अध्ययन गर्ने बालबालिका घरबाट आधा घण्टाको बाटो हिँडेर दिनभरि बगरको विद्यालयमा माटो, धुलो र खोलाको स्याँठको मुकाबिला गर्दै पढ्दै आइरहेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मासिक रु दुई हजार ५००मा पढाउँदै आउनुभएका शिक्षिका विकले भन्नुभयो, “यहाँका पिछडिएको समुदायका बालबालिकाको भविष्यको सहयोग गरौँ भन्ने उद्देश्यले थोरै रकममा पनि साढे दुई वर्षदेखि पढाउँदै आइरहेकी छु । ” उहाँले भन्नुभयो, “विद्यालय बनाउने संस्था भयो भने राम्रो हुन्थ्यो ।

पानी गर्दा भिजेर बस्नुपर्ने, घाम लाग्दा उकुसमुकुस हुने तर हावा चल्दा कठ्याङ्ग्रिएर बस्नु पर्ने बाध्यताले कहिलेकाहीँ त बालबालिका बिरामी भएर घर फर्कन्छन् त्यसैले मैले गरेर हुन्छ भने गरौँन भनेर नै यस्तै ठाउँमा पढाउँदै आइरहेकी छु ।”

विद्यालयमा पढ्नका लागि बालबालिकालाई अभिभावकले कापी र कलम किनेर पठाउँछन्, बेलुका घर फर्कंदा धुलोमैलो भएर आउँछन्, साविक गाविस हुँदा विद्यालयका लागि वार्षिक रु ४० हजार छुट्याइएको र त्यहीबाट शिक्षकलाई तलब खुवाउने र विद्यालयका लागि जस्ता र अन्य शैक्षिक सामग्री किन्न खर्च ग¥र्यौं” उहाँले भन्नुभयो, “त्यसरी पढ्दै आएका बालबालिकाका लागि न त जिल्ला शिक्षाले नै देख्यो न त अन्य सरोकारवाला निकायले नै ।”
स्रोत केन्द्रका स्रोतव्यक्तिलाई समस्या सुनाउँदा पनि सम्भव छैन भनेर पन्छिने गरेकाले धेरै समयपछि विद्यालयकै लागि भनेर यसै आर्थिक वर्र्षमा वडा कार्यालयबाट रु एक लाख बजेट छुट्याउने निर्णय भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संसरसिं सिघसिङले यसअघि जिल्ला शिक्षा कार्यालयबाट सहयोग दिए पनि पछिल्लो समयमा बालबालिकाको संख्या नपुगेको भनेर सहयोग गर्न नै छाडेको बताउनुभयो ।

घिसिङले भन्नुभयो, “साना बालबच्चा अन्य विद्यालयमा पनि गएर पढ्न नसक्ने भएका कारण जिल्ला शिक्षा कार्यालयले हेर्न छोडे पनि हामी अभिभावक मिलेर जेनतेन चलाइरहेका छौँ ।” पछिल्लो अवस्थामा राहत पाएको दुई बण्डल जस्ताले अलिअलि बेरेर जसोतसो गरी विद्यालय चलाइरहेको उहाँको भनाइ छ ।

सो वडाका वडाध्यक्ष विष्णुकुमार कर्माचार्यले बालबालिकाको समस्या देखेर नै वडाबाट बजेट छुट्याएको बताउनुभयो । हामीले केहीमात्रामा सहयोग पुगोस् भनेर यसपालि म वडाध्यक्ष भएपछि रु एक लाख बजेट छुट्याएको छु, उहाँले भन्नुभयो ।

विद्यालय स्वीकृत भएको छैन– निरीक्षक बराल

त्यसरी सञ्चालनमा रहेको विद्यालय शिक्षा कार्यालयबाट स्वीकृति नपाएको जनाइएको छ । उक्त कार्यालयका विद्यालय निरीक्षक नवराज बरालले भन्नुभयो , “त्यो नामको विद्यालय हाम्रो शिक्षा कार्यालयमा नै स्वीकृत छैन, त्यसबारेमा आवश्यकताका आधारमा के गर्न सकिन्छ बुझेर प्रक्रिया अगाडि बढाउन पहल गर्छु ।”
सरकारले कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोउन् भनेर नीतिसहित विद्यालयमा स्वागत कार्यक्रम ल्याउनेदेखि दलित, अल्पसंख्यक र पिछडिएका समुदायका बालबालिकालाई भत्तासहित दिने गरेका छन् ।

तर यहाँका विद्यालय र बालबालिकाले भने त्यो सुविधा पाउन त के सुन्नसमेत नपाएको अभिभावकको गुनासो छ ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com