‘तथ्यमा आधारित रहेर नेपालको टीपीएस पुनरावलोकन गर्नेछौं ‘ : अमेरिकी उपसहायक विदेशमन्त्री


प्रकाशित मिति : माघ २१, २०७४ आईतबार

अमेरिकाको प्रमुख उपसहायक विदेशमन्त्री एलिस जी वेल्सले अमेरिकामा रहेका नेपालीहरुलाई प्रदान गरिएको टेम्पोरेरी प्रोटेक्टेड स्टेटस टीपीएसको अवधि थप्ने वा नथप्ने सन्दर्भमा तथ्यमा आधारित रहेर पुनरावलोकन गर्ने बताउनुभएको छ । उहाँले टीपीएसको अवधि थप्ने वा नथप्ने सन्दर्भमा निष्पक्ष ढंगले र तथ्यमा आधारित रहेर पुनरावलोकन गर्ने स्पष्ट पार्नुभयो ।

दक्षिण तथा मध्य एसिया मामिला हेर्ने प्रमुख उपसहायक विदेशमन्त्री एलिस जी वेल्सले यसविषयमा हालै अमेरिकाका लागि नेपाली राजदूत अर्जुनबहादुर कार्कीसँग पनि छलफल भएको जानकारी दिनुभयो । आफूसँगको भेटमा कार्कीले टीपीएसको विषय उठाउनुभएको उहाँले बताउनुभयो ।

बीबीसीको विश्व स्टुडियो लण्डनमा बीबीसी संबाददाता भागिरथ योगीसँग कुरा गर्दै वेल्सले भन्नुभयो – ‘टीपीएसबारे हाम्रो होमल्याण्ड सेक्युरिटीले हेरिरहेको छ । हामीले कुनै मुलुकले आफ्ना जनतालाई प्रयाप्त संरक्षण दिन सकिरहेको छैन भन्ने निधो गरेमा त्यहाको जनतालाई टीपीएस दिन्छौं । यो एउटा अस्थायी प्रकृया हो र पुनरावलोकन प्रकृया नेपाल आफ्ना नागरिकलाई फिर्ता लिन सक्षम छ कि छैन भन्नेमा केन्द्रीत रहनेछ । यो नियमबाट कति नेपाली लाभावान्वित भए भन्ने हाम्रो छुट्टै मुल्यांकन छ ।’

कुराकानीका क्रममा उहाँले अमेरिकाले नेपालसँगको सम्बन्धलाई निकै महत्व दिएको बताउनुभयो । नेपालमा कम्युनिष्ट सरकार गठन गर्न लागेकोमा अमेरिका चिन्तित छ ? भन्ने प्रश्नको जवाफमा उहाँले भन्नुभयो – ‘हामी नेपाली जनताको इच्छालाई प्रतिनिधित्व गर्ने वैधानिक सरकारसँग काम गर्न इच्छुक छौं । हामीले यो चुनावलाई अमेरिकाबिरुद्धको जनमतसंग्रहका रुपमा हेरेका छैनौं । हामीले यसलाई प्रजातान्त्रिक अभ्यासका रुपमा हेरेका छौं । नयाँ सरकारसँग काम गर्न इच्छुक छौं ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com