प्रबुद्ध समूहको बैठकमा के-के हुँदैछ भारतमा ?


प्रकाशित मिति : आश्विन १८, २०७३ मंगलबार

नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)को बैठक मङ्गलबारदेखि नयाँदिल्लीमा सुरु हुँदैछ । बैठकमा सहभागी हुन नेपाली टोली सोमबार नयाँदिल्ली प्रस्थान गरेको छ । दुई देशबीच भएका सन्धि–सम्झौतालाई पुनरावलोकन गर्दै सम्बन्धलाई नयाँ आधारमा विकास गर्न गठन भएको प्रबुद्ध समूहको यो दोस्रो बैठक हो । तीन महिनाअघि काठमाडौँमा समूहको पहिलो बैठक बसेको थियो ।

टोलीमा नेपालका तर्फबाट पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा संयोजक तथा पूर्वमन्त्री नीलाम्बर आचार्य, सांसद राजन भट्टराई र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय सदस्य छन् । भारतका तर्फबाट सांसद भगतसिंह कोसियारी, पूर्व राजदूत जयन्तप्रसाद, प्राध्यापक बीसी उप्रेती र महेन्द्र पी लामा रहेका छन् ।

नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षको इतिहासमा दुई देशबीच हालसम्म भएका सन्धि सम्झौताहरूको पुनरावलोकन गर्दै नयाँ सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ पहिलोपटक कूटनीति तथा दुई देशको सम्बन्धमा गहिरो ज्ञान राख्ने व्यक्तिको संलग्नतामा ईपीजी गठन भएको हो ।

काठमाडौँमा भएको बैठकले भारतसँग सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धि पुनरावलोकनबारे औपचारिक छलफलमा प्रवेश गरेको थियो । नयाँदिल्ली बैठकमा नेपालले १९५० मा भएको शान्ति तथा मैत्री सन्धि पुनरावलोकनको प्रस्ताव राख्ने तयारी गरेको परराष्ट्र निकट स्रोतले जनाएको छ । सन् १९५० को सन्धिबारे पटकपटक कुरा उठे पनि कुनै निष्कर्षमा पुग्ने गरेको छैन । भारतीय पक्षले सन्धि पुनरावलोकनका लागि आफू तयार रहेको भन्दै नेपालले के संशोधन चाहेको प्रस्ताव ल्याउनुपर्ने बताउँदै आएको छ । तर, नेपालले भने अहिलेसम्म प्रस्ताव राखेको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालका केही राजनीतिक दलले दशकौँ अघिदेखि सन् १९५० को सन्धिलाई नकारात्मक ढङ्गले व्याख्या गर्दै आएका छन् । यद्यपि यसको पुनरावलोकनबारे दुई देशबीच गम्भीर छलफल अहिलेसम्म भएको छैन । सात महिनाअघि यीलगायत दुई देशबीचको सम्बन्धका नयाँ आयामहरूबारे रिपोर्ट तयार गर्न प्रबुद्ध समूह गठन भएको थियो । करिब पाँच वर्षअघि नै यस्तो संयन्त्र गठन गर्ने दुई देशले सहमति गरे पनि दुई वर्षअघि मात्र यसको कार्यविधिले अन्तिम रूप पाएको गोरखापत्रमा खबर छ । गत असारको मध्यमा भएको समूहको पहिलो बैठकले प्रत्येक तीन महिनामा बैठक गर्ने तथा सन् १९५० लगायतका सन्धिहरूबारे अध्ययन गर्दै अघि बढ्ने निर्णय गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com