प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता


प्रकाशित मिति : १९ माघ २०७४, शुक्रबार

काठमाडौं, १९ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ ।

सरकारी प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो स्वराज र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको हो ।

भेटका अवसरमा प्रधानमन्त्रीलाई तीनै तहको निर्वाचन सम्पन्न गरेको बधाई दिएको छ । साथै, दुई देशबीचको सम्वन्धका विषयमा पनि प्रधानमन्त्रीसँगको भेटमा छलफल भएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com