केही बुँदा हटाएर ट्रम्पको अध्यागमन प्रस्तावमा सहमति हुने सम्भावना


प्रकाशित मिति : माघ १८, २०७४ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४ वटा विषय समेटिएको अध्यगमन प्रस्ताव अगाडि सारेपनि त्यसमा केही विषय हटाएर सदनमा बिल पारित गर्नका लागि सहमति हुने सम्भावना बढेको छ । ट्रम्पले बाल्यकालमा अमेरिका आएका १८ लाख कागजपत्रविहिनलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने, सिमानामा पर्खाल लगाउन २५ बिलियन रकममा सहमति गर्ने, डिभी लोटरी खारेज गर्ने, नातागोतालाई ग्रिनकार्ड स्पोन्सर अन्त्य गर्ने प्रस्ताव अगाडि सारेपनि कँग्रेसमा मुख्य २ विषयमा सहमति हुने सम्भावना छ ।

ट्रम्पका अध्यागमन प्राथमिकतालाई एकैछिन पन्छाएर कम विषय समेटिएको अध्यागमन डिलमा सहमति हुने सम्भावना रहेको रिपब्लिकन नेताहरुले बताएका छन् । बाल्यकालमा अमेरिका आएका १८ लाखलाई संरक्षण प्रदान गर्ने बदलामा सिमानामा पर्खाल लगाउने विषय समेटिन सकिने सिनेट रिपब्लिकन कन्फ्रेन्स चेयरम्यान जोन थुनले बताएका छन् ।

अहिलेलाई सिमा सुरक्षा र डाकाको विषय समाधान गर्न सकेमा सबैभन्दा उचित हुने उनले बताएका छन् । सदनसँग डाकाबारे मार्ग पत्ता लगाउनका लागि अब मार्च ५ सम्मकोमात्र डेडलाइन रहेको छ । मार्च ५ भित्र यसबारे कुनै सहमति नभएमा डाका कार्यक्रम अन्त्य हुनेछ । फरबरी ८ पछि अमेरिकी सरकार खुल्ला राख्न पनि त्यस अगाडि नै डाकाबारे सहमति जरुरी छ । अन्यथा फरबरी ८ पछि पुन अमेरिकी सरकार सटडाउन हुन सक्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com