युएससीआईएसबाट एसाइलम अन्तरवार्ता विवरणको बुलेटिन बन्द


प्रकाशित मिति : माघ १८, २०७४ बिहीबार

अमेरिकी सरकारको युएससीआईएसले कुन महिनामा कहिले केस फाइल गरेका व्यक्तिको अन्तरवार्ता लिइयो भन्ने विवरण सहितको बुलेटिन निकाल्न बन्द गरेको छ । सबैभन्दा पहिले एसाइलमका लागि आवेदन दिएका व्यक्तिको अन्तरवार्ता पहिले आउने पूरानो नियमलाई उल्टाएर सबैभन्दा अन्तिममा आवेदन दिएका व्यक्तिको एसाइलम अन्तरवार्ता सबैभन्दा छिटो आउने नियम लागु गर्दै एसाइलम अन्तरवार्ताको बुलेटिन बन्द गरिएको हो ।

एसाइलमको अन्तरवार्ता तय गर्ने प्राथमिकता बदलिएपछि दुईदेखि तीनबर्षदेखि एसाइलमको अन्तरवार्ता कुरेर बसेका आवेदकहरु निराश भएका छन् भने उनीहरुको अन्तरवार्ताको मिति अझ ढिलो आउने भएको छ । तर अहिले एसाइलमका लागि आवेदन दिनेहरुले भने तीनसाताभित्र एसाइलम अन्तरवार्ता कहिले हुने भन्ने मिति तय गरिएको पत्र प्राप्त गर्नेछन् ।

सन् २०१५ को जनवरीदेखि सन् २०१८ को जनवरीसम्म झण्डै ३ बर्षसम्म एसाइलमका सबैभन्दा पुराना आवेदकलाई क्रमश अन्तरवार्ताको मिति दिइदै आएको थियो । त्यो भन्दा अगाडि एसाइलमका आवेदकको अन्तरवार्ता मिति कम्प्युटरले र्याण्डम छनौट गर्ने भएकाले भाग्यमा आधारित रहेको थियो । कुनै आवेदकको अन्तरवार्ता तुरुन्तै आउन पनि सक्थ्यो भने कुनैको आउन बर्षौ पनि लाग्न सक्थ्यो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com