मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु


प्रकाशित मिति : माघ १८, २०७४ बिहीबार

माघ १८, मोरङ । –सुनसरीमा भएको गाडी दुर्घटनामा एकजनाको ज्यान गएको छ । रामधुनी नगरपालिका –२ को पूर्व–पश्चिम राजमार्गमा रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा सुनसरी रामधुनी –५ का नैनबहादुर बन्जरा रहेका प्रहरीले जनाएको छ । बुधबार साँझ मोटरसाइकल रोकीराखेको ट्रकमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते बन्जराको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com