अवैध चिकित्सकलाई थुनामा राखी अनुसन्धान गर्न सात दिन थप


प्रकाशित मिति : माघ १७, २०७४ बुधबार

काठमाडौँ जिल्ला अदालतले अवैधरुपमा चिकित्सकीय काम गरिरहेका १७ जनालाई सात दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ ।

न्यायाधीश राजेन्द्र नेपालको इजलाशले थप अनुसन्धान गर्नका लागि सात दिन थुनामा राख्न अनुमति दिएको काठमाडौँ अदालतका स्रेष्तेदार कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो ।

नेपाल मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको पहलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले काठमाडौँका विभिन्न अस्पतालमा आफूलाई डाक्टर भएको भन्दै अवैधरुपमा काम गरिरहेका अमेरिका, अस्ट्रेलिया र चीनका नागरिकलाई सोमबार पक्राउ गरेको थियो ।

अवैध १७ डाक्टर ठमेलस्थित एपोलो इन्टरनेशनल पोलिक्लिनिक, बौद्धस्थित चाइना ग्रेटवाल हेल्थ सेन्टर, सिविक हस्पिटल ट्राभल मेडिसिन सेन्टर, चाइना पिपुल्स हस्पिटल, चाइनिज डेन्टल हस्पिटललगायतका अस्पतालमा काम गरिरहेको अवस्थामा पक्राउ परेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अवैधरुपमा काम गरेका डाक्टरले नेपाल मेडिकल काउन्सिलको अनुमति नलिइकन काम गर्दै आएका प्रहरीले जनाएको छ । अनुमति नै नलिइ बिरामीको परीक्षण गरेकाले १७ डाक्टरलाई ठगी मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालतबाट थुनामा राख्न सात दिन म्याद थप गरिएको हो ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com