अमेरिकामा एसाइलमका नयाँ आवेदकले वर्क परमिट नपाउने


प्रकाशित मिति : माघ १७, २०७४ बुधबार

अब अमेरिकामा एसाइलमका नयाँ आवेदकहरुले युएससीआईएसमा केस पेन्डिङ रहेको आधारमा वर्क परमिट नपाउने भएका छन् । १ सय ५० दिनसम्म पनि युएससीआईएसमा पेन्डिङ रहेको एसाइलमको आवेदनमा कुनै निर्णय प्राप्त नभएमा आवेदकले वर्क परमिटको आवेदन दिनसक्ने प्रावधान रहेको छ । तर अब युएससीआईएसले नयाँ आवेदकका हकमा आवेदन दिएको २१ दिनभित्र नै एसाइलम अन्तरवार्ताको मिति तय गर्ने भएको छ ।

एसाइलम अन्तरवार्ताको मिति कहिले आउने भन्ने निर्धारण २१ दिनभित्र गरेपछि तोकिएको मितिमा अन्तरवार्ता लिइनेछ । यसरी एसाइलमका नयाँ केसमा युएससीआईएसले १ सय ५० दिन नलगाउने भएपछि एसाइलम आवेदन दिने नयाँ आवेदकले युएससीआईएसमा एसाइलम पेन्डिङ रहेको आधारमा वर्क परमिट नपाउने भएका हुन् ।

युएससीआईएसले अन्तरवार्ताको मिति तय गर्दा अब आवेदन दिने नयाँ आवेदकलाई सबैभन्दा पहिले अन्तरवार्ताको मिति दिने भएको छ । वर्क परमिट प्राप्त गर्ने उद्देश्यलेमात्र एसाइलम फाइल गर्ने क्रम बढेपछि त्यसलाई दुरुत्साहन गर्न सरकारले नयाँ नीति बनाएको हो । अब नयाँ आवेदकलाई तुरुन्तै अन्तरवार्तामा बोलाएर योग्य भएमा एसाइलम स्वीकृत गर्ने र अयोग्य भएमा देशनिकालाको प्रकृयामा राख्ने जनाइएको छ । यसो गर्दा वास्तविक एसाइलमका लागि योग्य रहेकाहरुलाई फाइदा पुग्नेछ भने वर्क परमिटका लागि एसाइलमको दुरुपयोग गर्नेहरुले त्यस्तो दुरुपयोग गर्न पाउने छैनन् ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com