अब अमेरिकामा एसाइलम अन्तरवार्ताको मिति २१ दिनमा, पछि फाइल गर्नेको अन्तरवार्ता अगाडि


प्रकाशित मिति : माघ १७, २०७४ बुधबार

अमेरिकी सरकारको युएससीआईएस अन्तरगत एसाइलम डिभिजनले एसाइलम आवेदकको अन्तरवार्ताको मिति आवेदन दिएको २१ दिनभित्र तय गर्ने जनाएको छ । युएससीआईएसले अन्तरवार्ताको मिति तय गर्दा सबैभन्दा पछाडि फाइल गरिएका एसाइलमका आवेदनलाई प्राथमिकता दिने भएको छ । वर्क परमिट प्राप्त गर्ने उद्देश्यलेमात्र एसाइलम फाइल गर्ने क्रम बढेपछि सरकारले नयाँ नीति बनाएको हो ।

यसरी पछाडि फाइल गरिएका एसाइलमका आवेदनमा तुरुन्तै अन्तरवार्ताको मिति तय गर्दा एसाइलम अस्वीकृत हुनेहरुलाई देशनिकालाको प्रकृयामा राखिहाल्न सजिलो हुने र एसाइलम पेन्डिङ रहेको आधारमा वर्क परमिट इस्यु गर्न नपर्ने भएकाले नयाँ नीति बनाइएको हो । अब वर्क परमिट पाउने उद्देश्यलेमात्र एसाइलम फाइल गर्ने परिपाटी समेत कम हुने युएससीआईएसले विश्वास लिएको छ । नयाँ विधिले एसाइलमका लागि योग्य हुने व्यक्तिको निर्धारण अझ प्रभावकारी तरिकाले गर्नमा मद्दत पुग्ने युएससीआईएसको विश्वास छ ।

अब एसाइलमको अन्तरवार्ता लिंदा अन्तरवार्ताको मिति लिइसकेका तर कुनै कारणवश आवेदकको अनुरोध वा युएससीआईएसको आवश्यकताले मिति सार्नुपरेकाहरुलाई पहिलो प्राथमिकता दिइनेछ । त्यस्तै त्यसपछि २१ दिन त्यो भन्दा कम समय आवेदन पेन्डिङ रहेकाहरुलाई अन्तरवार्ताका लागि दोश्रो प्राथमिकता दिइनेछ ।

तेश्रो प्राथमिकतामा नयाँ फाइल गरेको एसाइलमबाट पुरानो एसाइलमका आवेदनतिर अगाडि बढ्दै अन्तरवार्ताको मिति तय गरिनेछ । सिमा क्षेत्रबाट समातिनेहरुको अन्तरवार्ताको कार्यभारका कारण २१ दिनभित्र अन्तरवार्ताको मिति तय गर्ने योजनामा केही असर पर्नसक्ने युएससीआईएसले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि कुनै आवेदनमा अझ छिटो अन्तरवार्ता गर्नुपर्ने भएमा एसाइलम अफिसका निर्देशकहरुले प्राथमिकता बाहेक पनि छिटो अन्तरवार्ताको मिति तय गर्न सक्ने जनाइएको छ । कुनै आवेदकलाई छिटो अन्तरवार्ता आवश्यक परेमा त्यसको कारण सहित आवेदन समेत दिन सकिनेछ ।

कुनै व्यक्ति एसाइलम अफिस वा एसाइलम सब अफिसभन्दा टाढा बस्ने भएमा त्यस्ता व्यक्तिको अन्तरवार्ता युएससीआईएसको फिल्ड अफिसमा समेत लिन सकिने जनाइएको छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com