ट्रम्प आक्रमणको सबैभन्दा ठूलो चोट नेपालीमाथि


प्रकाशित मिति : माघ १७, २०७४ बुधबार

डिभी लोटरी खारेज गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रमणको चोट सबैभन्दा धेरै विश्वमा नै नेपालीमाथि परेको छ । किनभने डिभी लोटरीमार्फत अमेरिका आउनेहरुमा विश्वमा नै नेपालीहरु केहीबर्षदेखि लगातार विश्वमै पहिलो र दोश्रो स्थानमा रहेका छन् । त्यस्तै अमेरिकामा आप्रवासी भिसामा आउने नेपालीहरुमा सबैभन्दा धेरै डिभी लोटरीमार्फत आउनेहरु नै छन् ।

मंगलबारको स्टेट अफ द युनियन सम्बोधनमा पनि ट्रम्पले डिभी लोटरीमाथि आक्रमण गरेका छन् । उनले कुनै फाइदा, सुरक्षा र योग्यता विना नै लोटरीमार्फत व्यक्तिलाई अमेरिका ल्याउने कार्यक्रम भन्दै डिभी लोटरीको खारेजी हुनुपर्ने बताएका छन् । उनले डिभी खारेज गरेर प्वाइन्ट सिस्टमका आधारमा ग्रिनकार्ड पाउने प्रणाली बनाउनुपर्ने बताएका छन् ।

सन् २०१७ मा डिभी लोटरीमार्फत अमेरिका आउनेमा नेपालीहरु विश्वमा नै दोश्रो नम्बरमा र एसियामा त पहिलो नम्बरमा रहेका थिए । सन् २०१७ मा ३४५१ जना नेपालीहरु डिभी लोटरीमार्फत अमेरिका आए । नेपालीहरुभन्दा धेरै इजिप्टका ३५७६ जनाले सन् २०१७ मा लोटरी पारेर डाइभर्सिटी भिसा प्राप्त गरेका थिए ।

यसअगाडिको विवरण हेर्दा पनि सन् २०१६ मा ३२१० जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरे । जुन विश्वमा नै सबैभन्दा धेरै हो । त्यस्तै सन् २०१५ मा ३३३२ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएका थिए । जुन विश्वमा दोश्रो र एसियामा पहिलो हो । आर्थिक बर्ष २०१८ सुरु भएदेखि ८ सय २ जना नेपालीहरु डिभी लोटरीमार्फत अमेरिका आएको अमेरिकी सरकारले जनाएको छ । त्यसमध्ये ४५१ जना प्राइमरी डिभी विजेताहरु रहेका छन् भने बाँकी उनीहरुका श्रीमान् श्रीमति र छोराछोरीहरु हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com