अमेरिकामा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले कागजपत्रविहिनलाई काममा लगाउनेमाथि कारवाही गर्ने नयाँ रणनीति लिएको छ । झण्डै १ सय सेभेन इलाभेन स्टोरमाथि छापा मारे लगत्तै आइसको नयाँ रणनीति सार्वजनिक भएको हो ।
नयाँ रणनीतिमा आई ९ परिक्षणमार्फत अध्यागमन कानुनको पालना भए नभएको जाँच गर्ने, जरिवाना गर्ने वा थप कानुनी कारवाहीका लागि अर्को सरकारी एजेन्सीमा रिफर गर्ने, जानाजान कागजपत्रविहिनलाई काममा राख्ने रोजगारदातालाई नियन्त्रणमा लिने, वर्क परमिट विना काम गर्ने कामदारहरुलाई पनि पक्राउ गर्ने लगायतका विषयहरु समावेश गरिएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।