ट्रम्पबाट १८ लाखलाई नागरिकताको बाटोमा लग्ने अध्यागमन योजनाका चार पिलरको ब्याख्या


प्रकाशित मिति : माघ १७, २०७४ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टेट अफ द युनियन सम्बोधनका क्रममा १८ लाखकागपत्रबिहिनलाई नागरिकताको बाटोमा लग्ने अध्यागमन योजनाका चार पिलरको ब्याख्या गरेका छन् ।

पहिलो पिलरले १८ लाख कागजपत्रविहिनलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने ट्रम्पले बताएका छन् । शिक्षा, काम र राम्रो चरित्रको मापदण्ड पूरा गर्नेहरु अमेरिकी नागरिकता प्राप्त गर्न सक्षम हुने उनले बताएका छन् ।

दोश्रो पिलरका रुपमा उनले सिमा सुरक्षालाई ब्याख्या गरेका छन् । दक्षिणी सिमानामा पर्खाल निर्माण गर्ने र सिमा सुरक्षा अधिकारीहरु बढाउने उनले बताएका छन् । जसबाट अमेरिकामा अपराधी र आतंकबादीहरु प्रवेश गर्ने क्रम रोकिने उनले बताएका छन् । साथै क्याच एण्ड रिलिजको भयंकर अध्यासको अन्त्य हुने बताएका छन् ।

तेश्रो पिलरका रुपमा उनले डिभी लोटरी अन्त्यलाई ब्याख्या गरेका छन् भने चौथो पिलरका रुपमा उनले चेन माइग्रेशनको अन्त्यलाई ब्याख्या गरेका छन् । उनले अब डिभी लोटरीको अन्त्य गरेर मेरिटमा आधारित प्रणालीमा जानुपर्ने बताएका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com