अमेरिकामा शरणार्थीका रुपमा आउन चाहनेमाथि सुरक्षा जाँचमा थप कडाई


प्रकाशित मिति : माघ १६, २०७४ मंगलबार

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिकामा शरणार्थीका रुपमा आउन चाहनेमाथि सुरक्षा जाँचका नयाँ र कडा मापदण्डहरु तय गरेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरीले शरणार्थीका लागि थप सुरक्षा कडाईको घोषणा गरेका हुन् । अमेरिका यात्रा गर्न चाहनेहरुका लागि कडा सुरक्षा जाँच गर्ने नीति अनुशार नै शरणार्थी कार्यक्रमबारे नयाँ सुरक्षा मापदण्डहरु घोषणा गरिएको हो ।

शरणार्थी आगमनबाट अमेरिकाको सुरक्षा प्रणालीमा खतराबारे सम्बोधन गर्दै कार्यक्रम रद्द वा सुधार गर्ने निर्णय लिन डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरीलाई दिइएको ९० दिनको पुनरावलोकन अवधिपछि उनले यस्तो निर्णय लिएका हुन् । ९० दिनको अवधिमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले विभिन्न विभाग र एजेन्सीसँग समन्वय गरी शरणार्थी सुरक्षा कार्यक्रमबारे पुनरावलोकन गरेको हो ।

थप सुरक्षा जाँचमा जोखिमपूर्ण देशबाट आएका निश्चित व्यक्तिलाई अझ कडा सुरक्षा जाँच गर्ने र बेलाबेलामा थप पुनरावलोकन गर्दै जाने लगायतका विषयहरु उल्लेख छ । विगतमा अमेरिकाको शरणार्थी कार्यक्रम स्थगितपछि गत अक्टोबर २४ बाट थप सुरक्षा जाँचका मापदण्ड तय गर्दै सुचारु गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com