अमेरिकामा ‘रिफ्युजी / एसाइलीका परिवार आवेदन’ प्रकृयामा परिवर्तन


प्रकाशित मिति : माघ १६, २०७४ मंगलबार

अमेरिकामा रिफ्युजी / एसाइलीका परिवार आवेदन फर्म आई ७३० को प्रोसेस गर्ने स्थल र प्रकृयामा परिवर्तन ल्याइएको छ ।युएससीआईएसले एक सुचना प्रकाशित गरी रिफ्युजी / एसाइलीका परिवार आवेदन फर्म आई ७३० को प्रोसेस गर्ने स्थलहरु परिवर्तन  भएको साथै प्रकृयामा पनि परिवर्तन गरिएको जनाएको छ ।

अब शरणार्थी र एसाएलम सम्बन्धमा अन्तर्राष्ट्रिय न्यायिक सहायता शाखा र अन्तर्राष्ट्रिय अपरेशन निर्देशनालयले अमेरिकामा शरणार्थीका रुपमा आएका व्यक्तिले  परिवारका लागि फाइल गरेका आवेदनहरु प्रोसेस गर्ने जनाइएको छ । आवेदक वा अधिकारप्राप्त प्रतिनिधिहरुले फाइल गरेको शरणार्थीमा आधारित आई ७३० आवेदन  अन्तर्राष्ट्रिय न्यायिक सहायता शाखाले प्राप्त गरिसकेपछि आवेदक वा अधिकारप्राप्त प्रतिनिधिहरुले थप कार्यविधिहरु प्राप्त गर्ने जनाइएको छ ।

एसाइलम स्वीकृत भएका व्यक्तिले फाइल गर्ने आई ७३० को सन्दर्भमा नयाँ नियमले कुनै प्रभाव नपार्ने जनाइएको छ । फर्म पठाउने कार्यविधि पनि पहिलेकै जस्ता रहने जनाइएको छ । तर आवेदकले आफ्नो आवेदन कहाँ फाइल गर्ने भन्ने स्पष्ट जानकारी भने आधिकारिक पेजबाट लिन जरुरी छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com