अध्यक्ष र प्रधानमन्त्री दुवै आफ्नै पोल्टामा पार्ने मनसायमा ओली, प्रचण्डलाई अध्यक्ष नदिए एकता नहुने


प्रकाशित मिति : माघ १४, २०७४ आईतबार

निर्वाचनमा वाम गठबन्धन बनाएर निर्वाचलगत्तै पार्टी एकता गर्ने सहमति गरेका एमाले–माओवादी एकता त पुरकै कुरा ‘मोडालिटी’ समेत तयार पार्न सकेका छैनन् । यसको एउटै कारण हो एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सहमति जुट्न नसक्नु ।

माओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीलाई यसअघि नै प्रधानमन्त्री स्वीकारिसकेका छन् । सार्वजनिक रुपमै उनले पार्टी एकतापछि आफूहरु ओलीलाई अध्यक्ष मान्न तयार रहेको बताइसकेका छन् ।

तर, ओलीले भने प्रचण्ड अध्यक्ष बन्छन् भन्ने बाक्य कहीँकतै उच्चारण गरेका छैनन् । यसले ओली प्रचण्डलाई अध्यक्ष मान्न तयार छैनन् भन्ने संकेत गर्छ ।

ओलीसकेसम्म अध्यक्ष र प्रधानमन्त्री दुवै आफ्नै पोल्टामा परोस् भन्ने चाहन्छन् । र, उनलाई दोस्रो दर्जाका केही नेताले उचालिरहेका छन् । जसकारण उनी प्रचण्डलाई पार्टी नेतृत्व दिने कुरामा कन्भिन्स हुन सकिरहेका छैनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नत्र, ओलीले एकता नै चाहेका हुन् भने प्रधानमनत्री बनेर उनी देश विकासमा लाग्ने र प्रचण्डलाई पार्टी चलाउन दिने कुरा अस्वभाविक छैन । दुवै यसका लागि अब्बल पनि छन् ।

एमाले नेता, प्रदेश सभा सांसद एवं मुख्यमन्त्रीका दाबेदार शेरधरन राई पार्टी एकतापछि अध्यक्ष र प्रभानमन्त्री ओली नै रहने बताउँछन् । राईले पार्टी एकताअघि नयाँ सरकार गठन हुने र प्रधानमन्त्री र अध्यक्ष ओली हुने बताए ।

उता माओवादी नेता, प्रदेश सांसद एवं मुख्यमन्त्रीका दाबेदार महेन्द्रबहादुर शाहीले प्रचण्डलाई पार्टी अध्यक्ष नदिए एमालेसँग एकता नहुने बताउँछन् । उनको एक व्यक्ति एक पद हुनुपर्ने धारणा छ । भन्छन्, ‘अध्यक्ष दिए एकता हुन्छ, नत्र हुँदैन ।’

दुई वामपन्थी शक्तिलाई एक हुन नदिन यतिबेला दशी–विदेशी तत्व लागिपरेका छन् । विभिन्न जाल झेलमार्फत उनीहरुले पार्टीका दोस्रो दर्जाका नेतालाई भिडाउने काम गरिरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com