तीन महिनामा डिभीबाट मात्रै ८०२ नेपाली अमेरिकामा


प्रकाशित मिति : माघ १३, २०७४ शनिबार

आर्थिक बर्ष २०१८ सुरु भएदेखि ८ सय २ जना नेपालीहरु डिभी लोटरीमार्फत अमेरिका आएको अमेरिकी सरकारले जनाएको छ । त्यसमध्ये ४५१ जना प्राइमरी डिभी विजेताहरु रहेका छन् भने बाँकी उनीहरुका श्रीमान् श्रीमति र छोराछोरीहरु हुन् ।

सन् २०१८ का लागि डिभी विजेताहरु अमेरिका आउने क्रम जारी छ । सन् २०१८ का लागि ४ हजार ९७ जनाले डिभी लोटरी जितेका थिए । उनीहरुले भिसा पाउने क्रम आगामी सेप्टेम्बरको अन्त्यसम्म जारी रहनेछ ।

अमेरिकी सरकारको तथ्यांक अनुशार डिसेम्बरमा १४७ जना डिभी विजेताहरु, उनीहरुका ६९ जना दम्पत्ति र ४६ जना छोराछोरीहरुले अमेरिकाको भिसा पाएका छन् । त्यस्तै नोभेम्बरमा पनि १४७ जना डिभी विजेताहरु, उनीहरुका ७७ जना दम्पत्ति र ४४ जना छोराछोरीहरुले भिसा पाएका थिए ।

अक्टोबरमा १५७ जना डिभी विजेताहरु, उनीहरुका ७१ जना दम्पत्ति र ४४ जना छोराछोरीहरुले भिसा पाएका थिए । अमेरिकामा ग्रिनकार्ड पाउने गरी आप्रवासी भिसामा सबैभन्दा धेरै नेपाली डिभी लोटरबाटै आउने गरेका छन् ।

भिसा बुलेटिन अनुशार चालु महिना जनवरीमा २६५० भित्र केस नम्बर हुने डिभी विजेता नेपालीहरुले भिसा पाइरहेका छन् भने फरबरीमा ३२२५ सम्म केस नम्बर हुनेले पाउनेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com