गत महिना अमेरिकाको विद्यार्थी भिसा पाउने नेपाली १५१


प्रकाशित मिति : माघ १३, २०७४ शनिबार

अमेरिकी सरकारको विदेशमन्त्रालय अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले डिसेम्बरमा अमेरिकाका विद्यार्थी भिसा पाउने नेपालीको संख्या सार्वजनिक गरेको छ । डिसेम्बरमा ५१ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा एफ वान पाएको र २० जना डिपेन्डेन्टहरुले एफ टु भिसा पाएको ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

डिसेम्बरमा काठमाडौंमा रहेको अमेरिकी दूतावासले १४१ जनालाई विद्यार्थी भिसा जारी गरेको थियो । बाँकी विद्यार्थी भिसा पाउनेहरु अन्य देशमा रहेका अमेरिकी दूतावासबाट पाउनेहरु हुन् । डिसेम्बरमा काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट विद्यार्थीका डिपेन्डेन्टहरु २० जनालाई एफ टु भिसा जारी गरिएको थियो ।

नोभेम्बरमा १६८ जना नेपाली र उनीहरुका ३३ डिपेन्डेन्टहरुरुले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए । जसमध्ये काठमाडौंमा रहेको दूतावासले १६० विद्यार्थी भिसा र ३३ डिपेन्डेन्ट एफ टु भिसा जारी गरेको थियो ।

त्यस्तै आर्थिक बर्ष २०१८ को पहिलो महिना अक्टोबरमा जम्मा ५२ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए । उनीहरुका थप ३० जना डिपेन्डेन्टहरुले एफ टु भिसा पाएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com