१८ लाख कागजपत्रविहिनलाई नागरिकताको बाटोमा लैजानेमा राष्ट्रपति ट्रम्प सकारात्मक


प्रकाशित मिति : माघ १२, २०७४ शुक्रबार

बाल्यकालमा नै अमेरिका आएका झण्डै १८ लाख कागजपत्रविहिनहरुलाई अमेरिकी नागरिकताको बाटौमा लैजाने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सकारात्मक देखिएका छन् । ट्रम्पले सिमाक्षेत्रमा पर्खाल लगाउने योजना साकार पार्न डाकाबाट समेटिएका झण्डै ७ लाख सहित १८ लाख कागजपत्रविहिनलाई नागरिकताको बाटोमा लैजाने प्रस्ताव अगाडि ल्याएका हुन् ।

ह्वाइट हाउसको अध्यागमन योजनामा सिमाक्षेत्रमा पर्खाल लगाउने, डिभी लोटरी अन्त्य गर्ने, दाजुभाईदिदीबहिनी लगायत टाढाका नातेदारहरुलाई ग्रिनकार्ड स्पोन्सर गर्नसक्ने प्रावधान खारेज गर्ने लगायतका विषय छन् । तर पहिले फाइल गरिएका आवेदनहरु भने प्रकृयामा लगिने जनाइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले १० देखि १२ बर्षभित्र त्यस्ता कागजपत्रविहिनहरुले अमेरिकी नागरिकता प्राप्त गर्न सक्ने बताएका छन् । तर त्यसका लागि उनीहरुको चरित्र भने राम्रो हुनुपर्नेछ । राष्ट्रपति ट्रम्पले मार्चको ५ भित्र संसदलाई समाधान खोज्न आब्हान गर्दै गत सेप्टेम्बरमा डाका कार्यक्रम अन्त्यको घोषणा गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com