१८ लाख कागजपत्रविहिनलाई नागरिकताको बाटोमा लैजाने प्रस्तावको तयारीमा ह्वाइटहाउस


प्रकाशित मिति : माघ ११, २०७४ बिहीबार

ह्वाइट हाउसले डाकाबाट प्रभावित लगायतका कागजपत्रविहिनलाई समेट्नेगरी सदनमा अध्यागमन सुधारबारेको योजना लैजाने तयारी गरेको छ । बाल्यकालमा अमेरिका आएका झण्डै १८ लाखलाई समेट्नुपर्ने डेमोक्र्याटहरुको मागलाई सम्बोधन गर्ने गरी ह्वाइट हाउसले यस्तो योजना बनाएको हो ।

डाका कार्यक्रमले समेटेका झण्डै ७ लाख कागजपत्रविहिन र थप गरी १८ लाख कागजपत्रविहिनहरुलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने गरी अध्यागमन सुधारको योजना ल्याउन लागिएको हो । तर यसको बदलामा सिमाक्षेत्रमा पर्खाल लगाउने ट्रम्पको योजना कार्यान्वयनका लागि २५ बिलियन डलर निकाशा गर्ने योजनामा डेमोक्र्याटहरुले समर्थन गर्नुपर्नेछ ।

ह्वाइट हाउसका सल्लाहकार स्टेफन मिलरले बिहिबार यसबारे एकपेजको रुपरेखा तयार पारेका छन् । ह्वाइटहाउसको यो योजनाबारे विभिन्न प्रतिकृयाहरु आउन थालिसकेका छन् । अध्यागमन सुधारबारेको रुपरेखामा डिभी लोटरी अन्त्य गर्ने विषय पनि समेटिएको छ ।

त्यस्तै दाजुभाईदिदीबहिनी लगायत टाढाका नातेदारहरुलाई ग्रिनकार्ड स्पोन्सर गर्नसक्ने प्रावधान खारेज पनि ह्वाइटको अध्यागमनको योजनामा रहेको छ । जसअन्तरगत अमेरिकी ग्रिनकार्ड वा नागरिकताप्राप्त व्यक्तिले नजिकका व्यक्तिलाईमात्र स्पोन्सर गर्न सक्नेछन् । तर पहिले फाइल गरिएका आवेदनहरु भने प्रकृयामा लगिने जनाइएको छ । यसको बदलामा डेमोक्र्याटहरुलाई खुशी पार्न बाल्यकालमा अमेरिकामा आएका १८ लाख कागजपत्रविहिनहरुलाई नागरिकताको बाटोमा लैजाने प्रावधान समेटिनेछ । जुन डाकाबाट संरक्षित ७ लाख भन्दा दोब्बर संख्या हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com