देउवा सरकारका निर्णय भावी सरकारलाई अमान्य हुने ओलीको चेतावनी


प्रकाशित मिति : माघ ११, २०७४ बिहीबार

आगामी सरकारको नेतृत्व गर्ने पर्खाइमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मिति घोषणायता वर्तमान सरकारले गरेका कतिपय निर्णय असंवैधानिक र राष्ट्रहीत विपरीत भएको जनाउँदै भावी सरकारलाई उक्त निर्णयहरु अमान्य हुने चेतावनी दिएका छन्।

उनले ‘वर्तमान सरकारले अनेक जालझेल गरेर अनैतिक ढङ्गले दूरगामी महत्त्वका निर्णय गरेको’ बताउँदै त्यसबारे भावी सरकारले पुनर्विचार गर्ने धारणा व्यक्त गरे।

सरकारले सामाजिक सुरक्षा र भूकम्पपीडितको राहतसम्बन्धी निर्णय गरेको भोलिपल्टै पत्रकार सम्मेलन गरेर अध्यक्ष ओलीले त्यसलाई ‘देश कंगाल बनाउने कदम’ भनी टिप्पणी गरे।

वृद्ध भत्ता पाउने उमेर ७० बाट ६५ वर्षमा झार्ने तथा भूकम्प र बाढीपीडितलाई घर निर्माणका लागि राहत स्वरुप १ लाख रुपैयाँ थप गर्ने सरकारको निर्णयले चर्को आलोचना खेपिरहेका बेला ओली त्यसविरुद्ध कडा रुपमा प्रस्तुत भएका हुन्।

सरकारका पछिल्ला निर्णयलाई गैरकानूनी र देशको हित विपरीत रहेको दावी गर्दै अध्यक्ष ओलीले भने, “नयाँ सरकारले यसबीचमा भएका सबै निर्णयहरुमाथि पुनर्विचार गर्नेछ। संविधान, कानून र राष्ट्रका हित विपरीत भएका सबै निर्णयहरुलाई अस्वीकार गर्ने कुरा समेत स्पष्ट पार्न चाहन्छौं।”

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com