अमेरिका आउनेका विद्युतीय उपकरण जाँच तीब्र पार्न नयाँ निर्देशिका, सम्पर्क नम्बर र सन्देश हेर्न सक्ने


प्रकाशित मिति : माघ ११, २०७४ बिहीबार

अमेरिकी विमानस्थल वा पोर्ट अफ इन्ट्रीबाट अमेरिका आउनेहरुका मोबाइल लगायत विद्युतीय उपकरण चेकजाँच तीब्र पार्न युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सनले नयाँ निर्देशिका जारी गरेको छ । केहीदिन अगाडि जारी निर्देशिकामा अमेरिका आउने यात्रुका मोबाइल, कम्प्युटर, ट्याबलेट, क्यामेरा, ड्राइभ, टेपहरु, मिडिया प्लेयर लगायतका विद्युतीय उपकरणहरु चेकजाँचको थप प्रकृया उल्लेख गरिएको छ ।

अमेरिकामा आउनेहरुका मोबाइल लगायतका विद्युतीय उपकरणमा रहेका तस्विर, भिडियो, एप्लिकेशनहरु लगायतका सफ्टवेयरहरु चेक गर्नसक्ने प्रावधान रहेको सीबीपीले जनाएको छ । आवश्यकता अनुशार अधिकारीले व्यक्तिका पासवर्ड राखिएका एप्लिकेशनहरु समेत पासवार्ड मागेर हेर्न सक्ने प्रावधान रहेको छ । विद्युतीय उपकरण चेकजाँचका क्रममा अधिकारीले व्यक्तिका सम्पर्क नम्बरहरु, पठाएका सन्देशहरु लगायत हेर्न सक्छन् ।

अमेरिका आउने व्यक्तिका विद्युतीय उपकरणमा आतंकबाद सम्बन्धित र राष्ट्रिय सुरक्षामा खतरा रहेको सामाग्री भए नभएको सुनिश्चित गर्न चेकजाँच तीब्र पार्न नयाँ निर्देशिका जारी गरिएको हो । त्यस्तै मानव वा नगद तस्करी, प्रतिबन्धित सामाग्रीहरुको ओसारपसार, बालबालिकाका यौनजन्य भिडियोहरु भए नभएको सुनिश्चित गर्न चेकजाँच गरिने जनाइएको छ । त्यो बाहेक आर्थिक अपराधसँग सम्बन्धित सामाग्रीहरु भए नभएको निक्र्यौल गर्न समेत चेकजाँच गरिने जनाईको छ । नयाँ निर्देशिकामा आधारभूत र गहन चेकजाँचका तरिका लगायत विभिन्न नियमहरु उल्लेख गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com