सेनाका मेजरनै करणी मुद्दामा जेल चलान


प्रकाशित मिति : माघ ११, २०७४ बिहीबार

काठमाडौं । नेपाली सेनाका सेनानी (मेजर) प्रभव विक्रम शाहलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

गत पुष १४ गते बुद्धनगर स्थित आफन्तको घरमा १४ बर्षीया बालिकासँग यौन गतिविधि गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

जबर्जस्ती करणी मुद्दाको थुनछेक बहसपछि बिहीबार जिल्ला अदालत काठमाडौंले शाहलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो। बालिका आफन्तले महानगरीय प्रहरी वृत बानेश्वरमा उजुरी दिएपछि पक्राउ गरि मुद्दा चलाएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com