इमिग्रेशनको छापामा न्युयोर्कबाट एकैदिनमा ४६ कागजपत्रविहिन पक्राउ, ११ महिला


प्रकाशित मिति : माघ ११, २०७४ बिहीबार

अमेरिकाको न्युयोर्कमा अध्यागमनको छापामा ४६ जना कागजपत्रविहिन पक्राउ परेका छन् । इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले उनीहरुलाई पश्चिम न्युयोर्कबाट पक्राउ परेको हो । पक्राउ पर्नेहरु मध्ये २३ जना अपराध गरेकाहरु छन् भने २३ जना गैर अपराधजन्य अध्यागमन नियम मिच्नेहरु रहेका छन् ।

न्युयोर्कको बफेलो क्षेत्रमा अध्यागमनले छापा मारेको हो । आइसको इन्फोर्समेन्ट एण्ड रिमुभल अपरेशन बफेलोका फिल्ड अफिस डाइरेक्टर थोमस फिलीले न्युयोर्क कागजपत्रबिहिन आप्रवासीका लागि सुरक्षित स्थल हुननसक्ने बताएका छन् । कागजपत्रबिहिनहरुले अब न्युयोर्कलाई सुरक्षित स्थलका रुपमा प्रयोग गर्न नसक्ने उनले चेतावनी समेत दिएका छन् ।

पक्राउ पर्नेहरुमा ३५ जना पुरुष र ११ जना महिलाहरु रहेका छन् । ग्वाटेमला, क्युबा, मेक्सिको, थाइल्याण्ड, सोमालिया, जमैका, बेलायत, इक्वेडर, इजरायल, ट्रिनिडाड, क्यानडा, होण्डुरस, बेलिज, गायना, सिरिया लिओन र भारतका नागरिक पक्राउ परेको आइसले जनाएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com