नदीमा डुबेर एकै घरका दुई बालकको मृत्यु


प्रकाशित मिति : माघ ११, २०७४ बिहीबार

माघ ११, दाङ । तुलसीपुर– ५ नयाँ बसपार्कनजिक पातु खोलामा नुहाउने क्रममा डुब्दा एकै घरका दुई बालकको मृत्यु भएकोे छ। बुधबार अपराह्न पातुखोला पुलनजिकै नुहाउने क्रममा डुब्दा सल्यान शारदा नगरपालिका– ११ हिउल्चाका लोकेन्द्रबहादुर कुँवरका दुई छोराको मृत्यु भएको प्रहरीले जनाएको छ। १२ वर्षीय राजकुमार र उनका भाइ १० वर्षीय कुमार कुँवरको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी प्रकाश सापकोटाले जानकारी दिए। अञ्चल अस्पताल तुलसीपुरमा शवको पोष्टमार्टम गरिएको डीएसपी सापकोटाले बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com