५६ जना राष्ट्रियसभा सदस्यका लागि ८३ जनाको उमेद्वारी


प्रकाशित मिति : माघ १०, २०७४ बुधबार

यही माघको २४ गते ५६ जना राष्ट्रियसभा सदस्य चयनका लागि हुने निर्वाचनका निम्ति ९ वटा दलका ८३ जना उम्मेद्वारले आफ्नो उमेद्वारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ।

कतिपय समूहमा आवश्यक संख्यामा मात्रै उम्मेद्वार परेको र त्यस्ता उम्मेद्वारलाई १५ गते मात्रै निर्वाचित भएको घोषणा गरिने आयोगले जनाएको छ।

बुधवार उम्मेद्वारी दर्ता गराएकाहरूमा मन्त्रीदेखि पार्टीका तल्लो तहका सदस्यसमेत रहेका थिए।

संघीय व्यवस्थापिका संसदको स्थायी सदनका रुपमा रहने राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आयोगले बुधवार उम्मेद्वारी दर्ताको कार्यक्रम राखेको थियो।

कुल ५९ सदस्य रहने राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट कम्तीमा ३ जना महिला, १ जना दलित, १ जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित ८ जना गरी कुल ५६ जना निर्वाचन प्रकृयाबाट आउने व्यवस्था रहेको छ।

जसका लागि बुधबार ७ वटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ताको काम सकिएको आयोगले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com