ट्रयाक्टर दुर्घटना हुँदा, एकै गाउँका चारको मृत्यु, गाउँ नै शोकमा


प्रकाशित मिति : माघ १०, २०७४ बुधबार

माघ १०, महोत्तरी । एउटै दुर्घटनामा गाउँका चार जनाको मृत्यु भएपछि महोत्तरीको रामगोपालपुर गाउँ शोकमा परेको छ ।

बर्दिवास औरही जलेश्वर सडकखण्डमा सोमबार मध्यराति भएको ट्रयाक्टर दुर्घटनामा एउटै टोलका चार जनाको मृत्यु भएको हो ।

 

ज१त ३५१६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा नगरपालिकाको वडा नम्बर ७ सहसौलाका चारजनाको मृत्यु भएको हो ।

दुर्घटनामा सहसौलाका ४० वर्षीय सत्येन्ऽ साह, १८ वर्षीय लालबाबु मण्डल, ४५ वर्षीया सावित्रीदेवी मण्डल र माल्तीदेवी दाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक ९डीएसपी० प्रकाश मल्लले बताए ।

वसन्त पन्चमीमा सिन्धुलीको हत्तपत्तेस्थित लंगुरखोला महादेव स्थानमा मेला भर्न गएकाहरु फर्कर्दै गर्दा दुर्घटना भएको हो ।
मेलाबाट फर्किदै गरेकाहरुको प्रतिक्षामा रहेका आफन्तले उनीहरुको मृत्युको खबर सुनेका थिए । मृत्युको खबर परिवारजनसम्म आइपुग्दा अहिले सहशौला टोल नै शोकमग्न बन्न पुगेको छ ।

ट्रयाक्टरमा अत्यधिक यात्रु सवार रहेको कारण दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरी बर्दिवास प्रमुख डिल्लीप्रसाद मैनालीले जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख मैनालीले उक्त दिन आफूहरुले विभिन्न स्थानमा चेकजाँच गरेर चालक र यात्रुलाई सावधानी अपाउन सुझाए पनि नमानेको उनले बताए ।

उक्त दिन मात्रै २० भन्दा बढी ट्रयाक्टरहरुलाई प्रहरीले कारबाही गरेको ट्राफिक प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

कृषि प्रयोजनका लागि प्रयोगमा आउने साधनको ढालाभरी यात्रु राखेको कारण दुर्घटना भएको हो ।

राजमार्गमा चेकजाँच गर्दागर्दै समेत यात्रुहरुले तीर्थ जान लागेको बेला भन्दै सुरक्षा अपनाएर जान भन्दा समेत नमानेको कारण दुर्घटना भएको ट्राफिकले बताएको छ ।

दुर्घटनामा परी करिब ३० जनाभन्दा बढी सवार रहेको र दुर्घटनामा परी घाइते भएका मध्ये ८ जनाको उपचार अञ्चल अस्पताल जनकपुरमा भइरहेको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com