सुचना पाउन आवेदकलाई हुलाक खर्च बेहोरेको खाम पठाउन युएससीआईएसको निर्देशन


प्रकाशित मिति : माघ १०, २०७४ बुधबार

अमेरिकामा अस्थायी कृषि कामदारका लागि आवेदन दिनेहरुले आवेदनसहित हुलाक खर्च बेहोरेका खाम पठाउन युएससीआईएसले अस्थायी कृषि कामदार अर्थात् एच टु ए आवेदकहरुका नाममा सुचना जारी गरेको छ । सोमबारदेखि लागु हुने गरी युएससीआईएसले आवेदनसहित प्राप्त हुने हुलाक खर्च बेहोरेका खाममा आवेदनबारेको निर्णय वा थप कागजात माग गरिएको सुचना हालेर फिर्ता पठाउने जनाएको छ ।

युएससीआईएसले आवेदकको इमेल ठेगानामा आवेदन प्राप्त भएको र स्वीकृत भएमा त्यसको समेत जानकारी पठाउने छ । त्यस्तै आवेदन स्वीकार भएको सुचना हुलाकबाट समेत युएससीआईएसले पठाउने छ । तर आवेदकले आवेदन स्वकार भएको सुचना वा थप कागजात मागेको सुचना शीघ्र प्राप्त गर्न चाहेको खण्डमा भने आवेदनसहित हुलाक खर्च बेहोरिएका खामहरु समेत साथै पठाउनुपर्नेछ ।

हुलाक खर्च बेहोरिएका खामबाट युएससीआईएसले आवेदन प्राप्त भएका सुचना भने नपठाउने जनाइएको छ । आवेदकले एउटामात्र खाम पठाएमा युएससीआईएसले थप कागजात माग्नु परेमा त्यसका लागि खामको प्रयोग गर्नेछ । यदि थप कागजात माग्नु नपरेमा पनि स्वकार भएको वा अस्वीकृत भएको सुचना पठाउनु परेमा पनि त्यो खामको प्रयोग हुनेछ । तर आवेदनमा थप कागजात मागिने सम्भावना भएकाहरुले भने पहिले नै हुलाक खर्च बेहोरिएका दुईवटा खामहरु पठाउनुपर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com