सरकारी सुविधा लिने सम्भावना भएकालाई भिसा नदिन अमेरिकी सरकारको आन्तरिक निर्देशन


प्रकाशित मिति : माघ १०, २०७४ बुधबार

 

अमेरिकी सरकारको विदेशमन्त्रालयले अमेरिकामा कुनै पनि प्रकारको भिसामा आएर सरकारी सुविधा लिने सम्भावना भएकाहरुलाई भिसा नदिन भिसा कन्सुलर अफिसरहरुलाई निर्देशन जारी गरेको छ । अमेरिका आएर वेरोजगार बन्दै खर्चका लागि संघीय सरकारमा भर पर्ने सम्भावना भएकाहरुलाई भिसा जारी नगर्न आन्तरिक निर्देशन जारी गरिएको हो ।

अमेरिकी सरकारका तर्फबाट आवश्यक परिवारलाई प्रदान गर्ने अस्थायी सहयोग टीएएनएफ, राज्य र स्थानीय स्तरका नगद कार्यक्रमहरु, लामो समयसम्मको हेरचाहका लागि आवश्यक मेडिकेड लगायतका कार्यक्रमहरु सरकारी सुविधा अन्तरगत पर्छन् । सरकारका तर्फबाट जारी आन्तरिक निर्देशनमा आवेदकको उमेर, स्वास्थ्य, पारिवारिक अवस्था, आर्थिक अवस्था र शैक्षिक दक्षता हेरेर अमेरिकामा सरकारी सुविधा लिने सम्भावना रहेको वा नरहेको निर्धारण गर्न निर्देशन दिइएको छ ।

निर्देशन तत्काल कार्यान्वयन गर्न भनिएको छ । खासगरी पारिवारिक पिटिस लगायत आप्रवासी भिसाका सन्दर्भमा यो निर्देशन लागु हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com