पुरुषबाट बलात्कृत हुने पुरुषलाई कानुनी सहायताको अभाव


प्रकाशित मिति : माघ ९, २०७४ मंगलबार

महिला र बालबालिकाबिरुद्ध हुने यौन अपराधबारे धेरैले चासो र चर्चा गर्दै आएपनि पुरुषबाट पुरुषमाथि हुने बलात्कारका बारेमा भने कमै चर्चा हुने गरेको पाइन्छ । सामान्यतया पुरुषहरु बलात्कृत  हुन सक्दैनन् भन्ने आम धारणा रहेको पाइन्छ, जुन गलत हो । वास्तवमा पुरुषहरु पनि पुरुषबाट बलात्कृत हुने गरेका छन् ।

पुरुषहरु बलात्कृत भएका घटना समाचारमा त्यही आउदैनन् । किनभने पुरुषमाथि भएका बलात्कारका घटनाको अपवाद स्वरुपमात्र समाचार लेखिने गरेको छ । अर्कातर्फ पुरुषमा कथित पौरुषत्व प्रबृत्ति सामेल भएका कारण पनि यस्ता घटना सार्वजनिक हुँदैनन् । कथित पौरुषत्व प्रबृत्तिकै कारण पुरुषहरु आफूमाथि भएको यौन दुराचार सार्वजनिक गर्न र कानुनको सहायतामाग्न लाज मान्छन् ।

गतबर्षको एउटा सर्वेक्षणमा बाल यौन दुराचारमा पर्नेहरुमा अधिकांश बालकहरु रहेको पाइएको थियो । बयस्क पुरुषहरुका साथमा पनि यौन दुराचारको दर उच्च रहेको छ । सन् २०१५ मा भारतमा पुरुष कैदीहरुबाट बलात्कृत एकजना पुरुष कैदीले आत्महत्याको प्रयास समेत गरेका थिए ।

अमेरिकी अधिकारकर्मी जोन स्टक्सले भारतमा काम गर्ने क्रममा यस्ता कैयन केसहरु उनीसमक्ष आएका थिए, जसमा पुरुषहरु नै पुरुषबाट बलात्कृत थिए । तर पीडितहरुलाई कुनै कानुनी सहायता प्राप्त भएको थिएन । पुरुषमाथि हुने बलात्कारलाई सामान्य यौन सम्बन्धका रुपमा मात्र लिने परिपाटी रहेको छ, जुन गलत हो । कानुनी रुपमा पनि पुरुषमाथि हुने बलात्कारमा भेदभाव गरिएको छ । अब पुरुषमाथि भएको बलात्कारलाई पनि खुलेर बाहिर ल्याउने बेला भइसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पुरुषमाथि हुने बलात्कारका घटनामा पीडित समलिंगीमात्र नभई स्ट्रेट (विषमलिंगी) हरु पनि हुने गरेका छन् । पुरुषबाट बलात्कृत पुरुषलाई समलिंगीको दृष्टीकोणबाट हेरिनु गलत हो । अझ भारतमा समलिंगी यौन सम्पर्कलाई नै अपराध मानिने भएकाले कुनै पुरुषमाथि पुरुषबाट भएको बलात्कारको मुद्दा दर्ता गराउनु नै मुस्किल छ । तर कहिलेकाँही पुरुषको बलात्कार उसको पौरुषत्वको अपमानका लागि समेत हुने गरेको छ ।

बरिष्ठ पत्रकार शिवम बिजको रिपोर्टमा आधारित ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com