Follow @khasokhasmag

नेपालका विभिन्न मन्दिरबाट चोरी भएर डेनमार्कका संग्रहालयमा पुगेका मूर्तिको प्रदर्शनी


प्रकाशित मिति : माघ ८, २०७४ सोमबार

नेपालको विभिन्न मन्दिरबाट चोरी भएर डेनमार्कको संग्रहालयमा पुगेको महत्वपूर्ण एवं बहुमूल्य मूर्तिको तस्बिरको तीनदिने प्रदर्शनी आजदेखि सुरु भएको छ ।

भक्तपुरको दत्तात्रय स्थित ‘द हेरिटेज ग्यालरी मा १९ मूर्तिको तस्बिर प्रदर्शनीमा राखिएको आरपी फाउण्डेसनका निर्देशक एवं सम्पदाकर्मी रवीन्द्र पुरीले बताउनुभयो ।

नेपालबाट हराएका मूर्तिहरुको पहिचान गर्ने, विदेशी संग्रहालयमा पुगेका मूर्तिहरु नेपाल फिर्ता ल्याउन पहल गर्ने उद्देश्यले मूर्तिको तस्बिर प्रदर्शनी गरिएको बताउँदै उहाँले प्रदर्शनीको अवलोकन गरेर मूर्ति कुन ठाउँको हो पहिचान गरिदिन सबैलाई आग्रह गर्नुभएको छ ।

निर्देशक पुरीले भन्नुभयो, ‘नेपालका बहुमूल्य कलामा आधारित पुरातात्विक सामग्री मूर्ति, हस्तलिखितग्रन्थ चोरी भएर विदेशी संग्रहालयमा पुगेका छन्,

त्यसमध्ये डेनमार्कको संग्रहालयमा रहेका नेपालका मूर्तिको तस्बिरको प्रदर्शनी गरेका छौँ, यी मूर्तिहरु कुन मन्दिर र कुन ठाउँको हो, पहिचान भए, हामी ती मूर्तिहरु डेनमार्कबाट फर्काउने छौँ ।’

नेपालका विभिन्न मन्दिरमा पूजा गरिएका मूर्तिहरु अहिले विदेशी संग्रहालयमा रहेको बताउँदै उहाँले नेपालले अनुमोदन गरेको युनेस्को महासन्धिका आधारमा विदेशी संग्रहालयमा पुगेका मूर्तिहरु हाम्रो देशको भएको प्रमाण पेश गर्न सके नेपाल फिर्ता ल्याउन सकिने बताउनुभयो ।

थप समाचारको लागी यहाँ क्लिक गर्नुहोला

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com