उम्मेद्वारको अन्तिम टुंगो लगाउने अधिकार शीर्ष तीन नेतालाई


प्रकाशित मिति : माघ ८, २०७४ सोमबार

माओवादी केन्द्रले प्रत्येक प्रदेशलाई आफूले पाएको सिटमा तीन जान सिफारिस गर्न प्रदेश इन्चार्जहरुलाई निर्देशन दिएको छ ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रदेश ईन्चार्जहरु सहितको बैठकमा प्रस्तावित नामबारे छलफल भएको छ ।

तर, उम्मेद्वारको अन्तिम टुंगो लगाउने अधिकार शीर्ष तीन नेतालाई दिएको छ ।

मंगलबार बस्ने शीर्ष नेताहरुको बैठकले १४ उम्मेदवारको टुंगो लगाउनेछ ।

प्रदेशबाट सिफारिस भएका नामसहित प्रदेशको सिफारिसमा नपरेका तर, केन्द्रीय भूमिकामा रहेका नेताहरुको नाममाथि समेत छलफल गरेर उम्मेदवारको अन्तिम नामावली तयार गर्ने बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com