४ खानेकुरा जसले तपाईलाई तुरुन्तै निद्रा लगाउनसक्छ


प्रकाशित मिति : भाद्र ८, २०७७ सोमबार

तपाईमध्ये कतिपयलाई निद्रामा समस्या हुनसक्छ । कतिपयलाई रातीमा ब्यूझने समस्या पनि हुनसक्छ ।

आजको समाजमा निद्रामा अनियमितता सामान्य जस्तै हो । झण्डै ६० प्रतिशत अमेरिकनहरुलाई निद्रामा समस्या रहेको तथ्यांक छ । तर निद्रा लागेन भनेर औषधी खानुभन्दा अगाडि सुत्नु अगाडि एकपटक निम्न खानाखाएर खाएर हेर्नुहोस्, तपाईको निद्राको समस्या समाधान हुनसक्छ ।

केरा

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केरामा प्रसस्तमात्रामा म्याग्नेशियम हुन्छ, जसले तपाईका मांशपेशीहरुलाई आराम गर्न मद्दत गर्छ । त्यस्तै केरामा पोटासियमको मात्रा पनि हुन्छ । पोटासियमले तपाईको मांशपेशी बाउडिने समस्या समाधान गर्न मद्दत गर्छ । केराले रगतमा चिनिकोमात्रामा सन्तुलन कायम गर्न मद्दत गर्छ भने यसमा पाइने तत्व अनिद्राको समस्यासँग जुध्ने गर्छ । सुत्नुअगाडि केरा खानुभएको खण्डमा तपाईको शरिर र दिमागमा आराम महसुस हुन्छ र राम्रो निद्रा लाग्छ ।

दुधदही

कतिपयले बेलुका सुत्ने बेलामा चिसो दही नखान पनि सुझाव दिन्छन् । तर सुत्नेबेलामा दुध वा दही खानाले निद्रा नलाग्ने समस्या समाधान हुनसक्छ । कहिलेकाँही क्याल्सियमको अभावले निद्रा नलाग्ने समस्या भएको हुनसक्छ । यस्तो अवस्था दुधदही लगायतका दुग्ध उत्पादनहरु खाएमा क्याल्सियमको स्तर बढाउने र अनिद्राको समस्या समाधान गर्न मद्दत पुग्छ । त्यसैले सुत्नु अगाडि दही वा एक गिलास दुध खाएर हेर्ने हो कि ?

चेरी

सुत्नु अगाडि एक गिलास चेरीको जुस खाएर सुतेमा निद्रा नलाग्ने समस्या समाधान हुनसक्छ । चेरीको जुसले तपाईको शरिरमा मेलाटोनिन उत्पादन बढाउँछ । जसले गर्दा तपाईको निद्राको गुणस्तरमा बृद्धि हुनेछ । चेरीले सुत्ने र उठ्ने तालिकालाई समेत नियमित गर्नसक्छ । जुस नभएको खण्डमा तपाईले अलिकति पाकेको चेरी खाएर सुत्न पनि सक्नुहुनेछ ।

साल्मन

प्राकृतिक जलश्रोतमा हुर्केको साल्मनमा ओमेगा थ्री र भिटामिन बी ६ पाइन्छ । जसले तनाव कम गर्न र आराम बनाउन मद्दत गर्छ । भिटामिन बी ६ ले निद्राको लागि चाहिने हर्मोन मेलाटोनिनको उत्पादन बढाउँछ । जसले गर्दा निद्रा सहजै लाग्छ । हालैको एक अध्ययनले साल्मन खानेहरुमा भिटामिन डीको मात्रापनि प्रचुर पाइएको थियो ।

यी तपाईको निद्राको समस्या प्राकृतिक रुपमा समाधानका लागि दिइएका सामान्य सुझावहरु हुन्, स्वास्थ्य सल्लाह होइनन् । यदि कुनै स्वास्थ्य समस्या भएमा चिकित्सिकसँग सम्पर्क गर्नुहोला । यो सामाग्री अल्टरनेटिभ हेल्थ युनिभर्सबाट साभार गरिएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com