बादललाई राष्ट्रियसभामा पठाउने तयारी,चुनाव नलड्ने मुडमा नारायणकाजी


प्रकाशित मिति : माघ ८, २०७४ सोमबार

माओवादी केन्द्रले नेता रामबहादुर थापा बादललाई राष्ट्रियसभामा पठाउने तयारी गरेको छ ।

वाम गठबन्धनको भागवण्डामा माओवादीले १४ सिट पाएको छ, जसमध्ये प्रदेश ३ को खुलातर्फ एक सिट उसको मागमा परेको छ ।

माओवादी नेताहरुका अनुसार त्यही सिटमा वादललाई पठाउने तयारी भइरहेको एक नेताले बताए ।

‘उहाँलाई राष्ट्रियसभामा पठाउने तयारी छ, यसमा लगभग सहमति छ’ एक नेताले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्का नेता नारायणकाजी श्रेष्ठ प्रकाशलाई पनि राष्ट्रियसभामा जान पार्टी नेतृत्वले प्रस्ताव गरेको छ ।

माओवादी अध्यक्ष प्रचण्डले पार्टी बैठकमा मात्र होइन, एमाले र माओवादी शीर्ष नेताहरु रहेको पार्टी एकता संयोजन समितिमा नै श्रेष्ठलाई राष्ट्रियसभामा जाने प्रस्ताव गरेका छन् ।

तर, गोरखा २ मा प्रत्यक्ष चुनाव लडेका श्रेष्ठ रष्ट्रियसभाको चुनाव नलड्ने मुडमा देखिएको एक नेताले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com