सल्यानमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ३० जना घाइते


प्रकाशित मिति : माघ ८, २०७४ सोमबार

माघ ८, दाङ, सल्यानमा भएको बस दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका वडा नं। ६ स्थित सडक खण्डमा आइतबार दिउँसो भएको बस दुर्घटनामा परि तीन जनाको मृत्यु भएको हो। घटनामा ३० जना घाईते भएको वडा प्रहरी कार्यालय लुहामका प्रमुख लक्ष्मण डाँगीले  बताए।

लुमाह प्रहरी प्रमुख डाँगीले तीन जनाको घटनास्थलमै मृत्यु भएको भए पनि उनीहरुको सनाखत भने हुन नसकेको जानकारी दिए। घाइतेहरुको यो खवर तयार पार्दै गर्दा सल्यानको श्रीनगरस्थित विभिन्न मेडिकलहरुमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

रूकुमबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको ना ५ ख ५३१ नं। बस आइतबार दिउँसो २ बजेतिर लुहामको बैघारे खोलामा सडकबाट करिब ८० मिटर तल खसेर दुर्घटना भएको थियो।  बस दुर्घटनाको कारण पत्ता नलागेको जानकारी दिइएको छ। अहिले घाइतेको उद्धारमा लागेको हुँदा दुर्घटनाबारे विस्तृत जानकारी केही बेरमै प्राप्त हुने प्रहरीले बताएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com