कांग्रेसमा पौडेल–सिटौला सम्बन्ध ‘पानी बाराबार’ !


प्रकाशित मिति : आश्विन १६, २०७३ आईतबार

कांग्रेसको १३ औं महाधिवेशनपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच सम्बन्धमा तिक्तता मात्रै छैन्, पानी बाराबार छ । महाधिवेशनयता दुई नेताबीच औपचारिक बेलचालसमेत छैन् । पौडेलले केही दिनअघि पत्रकार हरिहर विरहीको पुस्तक विमोचनमा सिटौलाप्रति लक्षित गर्दै ‘बागी’ लाई समाप्त गर्नुपर्ने धारणा राखेपछि सिटौला झनै चिढिएका हुन् ।

कार्यक्रममा पौडेलले परम्परागत गुट अन्त्य गरी ‘बागी’ ले खेल्न नपाउने गरी अघि बढ्न सभापति देउवासँग आग्रह गरेका थिए । पार्टीभित्र अरूका सोच हावी गराउने पात्रका रूपमा सिटौलालाई चित्रित गर्दै उनले भनेका थिए- हामी दुई पक्ष समझदारी गरे अगाडि बढे बागीहरू समाप्त हुन्छन् ।’

कार्यक्रममा सँगै रहेका सिटौलाले भने आफूप्रति लक्षित पौडेल बाणलाई हाँसेरै टारे, अर्थात् तत्काल कुनै प्रतिक्रियात्मक जवाफ दिएनन्। अन्तर्मनको आक्रोश भने उनले आफ्ना निकटवर्तीसँग पोख्ने गरेका छन् । यी दुई नेताबीचको सम्बन्ध कतिसम्म चिसिएको छ भन्ने बुझ्न शुक्रबारको चियापान काफी छ । पौडेलले विजयादशमीको उपलक्ष्यमा सञ्चारकर्मीका लागि भन्दै चियापान आयोजना गरे । लगत्तै सिटौलाले त्यसै दिन एउटै समय पारेर मिडियाका प्रमुखहरूका लागि भन्दै छुट्टै चियापान गरे । ‘पौडेलले चियापान गरेपछि पुरानो संस्थापनभित्र आफ्नो पनि छुट्टै अस्तित्व देखाउन सिटौलाले पनि आयोजना गरेका हुन्,’ यी दुई नेताबीचको केमेस्ट्री बुझेका एक कांग्रेस नेताले भने, ‘अहिले यी दुवै नेता एकअर्काको अस्तित्व समाप्त पार्ने रणनीतिमा उत्रिएका छन् ।’

१३ औं महाधिवेशनमा आफूलाई हराउनकै लागि सिटौलाले सभापतिमा उम्मेदवारी दिएको ठम्याइमा पौडेल पुगेका छन् । त्यही आक्रोश पोख्दै पौडेल सिटौलाप्रति अनुदार देखिएका हुन्। उनले सिटौलालाई कहिले ‘बागी’ त कहिले ‘धोकेबाज’ भन्दै सार्वजनिक रूपमै प्रहार गर्दै आएका कान्तिपुरमा खबर छ । पार्टीका भ्रातृसंस्था नेविसंघ र महिला संघको महाधिवेशनमा दुवै पक्षका केही नेता र कार्यकर्ताले पुरानो संस्थापनलाई एक बनाउने प्रयास पनि गरे। पौडेल र सिटौलालाई मिलाउन केही नेता तथा कार्यकर्ता जुटे पनि।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर, पौडेल सिटौलासँग कुनै पनि हालतमा ‘घुँडा नटेक्ने’ निचोडमा पुगेपछि सम्बन्ध निकट हुन सकेन । सिटौला पार्टी सभापति शेरबहादुर देउवासँग सम्झौता गर्दै आफ्नो समूह आकार बढाउने रणनीतिमा लागे। त्यही रणनीतिअन्तर्गत नेविसंघ र महिला संघमा पौडेल समूहको भन्दा बढी हिस्सा सिटौलाले लिन सके । १३ औं महाधिवेशनअघि पनि पौडेल र सिटौलाबीचको सम्बन्ध त्यति न्यानो थिएन। दुवै नेताबीच सम्बन्ध चिसो भए पनि औपचारिक हार्दिकता थियो । तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको छत्रछायाबाटै सिटौलाले राजनीतिक उचाइ प्राप्त गरेका हुन् । गिरिजाप्रसादसँग उनको सीधै सम्बन्ध र सम्पर्क थियो। गिरिजाप्रसादको निधनपछि सुशीलसँग पनि त्यस्तै सम्बन्ध स्थापित भयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com