अमेरिकी सरकार सटडाउनको असर भोलिदेखि, भिसा र पासपोर्ट सेवा के होला ?


प्रकाशित मिति : माघ ७, २०७४ आईतबार

शुक्रबार मध्यरातदेखि अमेरिकी सरकार सटडाउन भएपनि त्यसको वास्तविक असर भने सोमबारदेखि अझ ब्यापक देखिनेछ । सोमबारदेखि झण्डै साढे ८ लाख कर्मचारीहरुलाई अनिवार्य विदा दिइने भएकाले सटडाउनको असर त्यसपछि अझ ब्यापक हुनेछ ।

अमेरिकी सरकारको विदेश मन्त्रालय अनतरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले सटडाउनका कारण आफ्नो वेवसाइटमा अपडेट बन्द गरेको छ । वेवसाइट संचालन गर्ने कर्मचारीहरुलाई बिदा दिइएका कारण अपडेट बन्द गरिएको हो । तर आपतकालिन सुचना भने वेवसाइटमा अपडेट गरिनेछ ।

ब्यूरो अफ कन्सुलर अफेयर्स एक सुचना प्रकाशित गरी विश्वभर रहेका आफ्ना दूतावास र भिसा पोष्टहरुले भने भिसाको काम सुचारु राख्ने स्पष्ट पारेको छ । अमेरिका र अमेरिकाबाहिर भिसा सेवा सुचारु हुनेछ भने पासपोर्ट सेवा पनि जारी रहनेछ ।

अमेरिकी विदेशमन्त्रालय अन्तरगतका कुन कुन गतिविधिहरु प्रभावित हुनेछन् भन्नेबारे विदेशमन्त्रालयका कर्मचारीहरु नै स्पष्ट छैनन् । तर संघीय भवनहरुमा संचालित कामकाज प्रभावित हुने र विदेशमन्त्रालयका कैयन कामहरु ठप्प हुने अनुमान गरिएको छ । ब्यूरो अफ कन्सुलर अफेयर्सले भिसा र पासपोर्टका काम सुचारु गर्ने भएपनि अन्य विभागका काम भने प्रभावित हुनसक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com