विमानस्थल झडप हुँदा २० को मृत्यु


प्रकाशित मिति : माघ २, २०७४ मंगलबार

 

माघ २, त्रिपोली । लिबियाको राजधानीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार लडाकुहरूले आक्रमण गरेपछि भएको झडपमा बीस जनाको मृत्यु भएको छ। जेलमा रहेका आफ्ना समर्थकहरूलाई छुटाउन भन्दै लडाकुले विमानस्थलमै आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमणकारीबीच झडप भएको थियो।

आक्रमणबाट ६३ जना घाइते भएका छन्। मिटिगा विमानस्थलमा आक्रमण भएपछि विमानस्थल खाली गराइएको थियो। केन्द्रीय सरकारका स्वास्थ्यमन्त्रीले फेसबुकमार्फत शुरुमा नौजनाको मृत्यु भएको जानकारी दिएका थिए। मिटिगा विमानस्थल त्रिपोलीबाट पूर्वतर्फ पर्दछ। यो आम नागरिकले प्रयोग गर्ने अन्तर्राष्ट्रिय विमानस्थल हो। सन् २०१४ मध्यतिर विद्रोही लडाकुले आक्रमण गर्दा भएको झडपपछि उक्त विमानस्थल पूर्ण क्षतिग्रस्त भएको थियो।

उत्तर अफ्रिकी मुलुक लिबियामा लामो समय मोहमद कद्दाफीले शासन गरेका थिए। उनलाई अमेरिकाले अपदस्त गरेपछि लिबियामा अशान्ति मच्चिएको छ। झडपका क्रममा भएको गोलाबारीमा परी ५ वटा विमान प्रभावित भएका छन्। केही घाइतेको अवस्था गम्भीर भएको हुनाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ। एजेन्सी

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com