थारु समुदायले धुम धाम साथ माघी संगै आफ्नो नया वर्षलाइ पनि स्वागत गर्दै (फोटो फिचर)


प्रकाशित मिति : माघ १, २०७४ सोमबार

विशेष गरी थारु समुदायमा यो पर्व ‘माघी’ पर्वका रूपमा धुमधामका साथ मनाइन्छ। माघी थारु समुदायको प्रमुख सांस्कृतिक चाड तथा मेलमिलापको पर्व हो।

आजको दिन यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी खाने र पाँच दिनसम्म मनाउने चलन छ। माघी थारु समुदायको प्रमुख सांस्कृतिक चाड तथा मेलमिलापको पर्व हो। माघी पर्व थारु समुदायको नयाँ वर्षको रुपमा मनाउने हुदा आज हरेक थारु समुदायको घर घरमा नयाँ परिकार( तीलको लड्डु,लाई(भुजाको डल्‍ला),घुँघी, माछा,मासुलगायत) बनाएर परिवारसँग मिलेर खाने चलन रहेको छ ।

‘थारु समुदायमा माघी पर्वको छुट्टै सामाजिक महत्‍व छ। सामाजिक परम्‍परा अनुसार पश्‍चिमतिर छोरी/चेलीलाई बुवाआमाले पश्‍चिमतर्फ निश्राव(चामल, दाल चामल, नुन भाग लगाएर कोसेलीको रुपमा पठाइ दिने गर्दछन भने पूर्वतिर पनि छोरी/चेलीलाई नयाँ परिकारको पहिलो भाग (तीलको लड्डु, भुजाको डल्‍ला लगायत परिकार) कोसेलीको दिने गर्दछन्।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com