बजेट आश्रित विधेयक पारित गर्न संसदको नियमावली निलम्बन गर्दा जनप्रतिनिधिको अधिकार निलम्बन भएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ती जनाएको छ । व्यवस्थापिका संसदमा बोल्दै एमाले सांसद रविन्द्र अधिकारीले सरकारले गम्भीर भूल गरेको पनि बताए ।
‘नियमावली निलम्बन गर्दा संसदको अधिकार निलम्बन भएको छ, जनप्रतिनिधिको अधिकार निलम्बन भएको छ, जनताको अधिकार निलम्बन भएका छन् । के यो प्रचलन ठीक हो ?’ अधिकारीले प्रश्न गरे, ‘अर्थमन्त्रीज्यूले भन्नुभयो विशेष परिस्थिति आयो । के त्यस्तो विशेष राजनीतिक परिस्थिति थियो रु यसलाई विशेष परिस्थिति भनियो भने गम्भीर भूल हुनेछ ।’ उनले संसदलाई केटाकेटीको खेल जस्तो नठान्न सरकारलाई चेतावनी पनि दिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।