एयरपोर्टमा पञ्चेबाजा


प्रकाशित मिति : पुस २४, २०७४ सोमबार

लामो प्रतिक्षापछि दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा आइतबारदेखि हवाइ सेवा सुरु भएको छ ।

यस क्षेत्रका जनप्रतिनिधि र तुलसीपुर उपमहानगरपालिकाको सामुहिक प्रयासपछि समिट एयरलाइन्सको विमानले आइतबारबाट सेवा सुरु गरेको छ ।

पहिलो उडानबाट प्रतिनिधिसभा सदस्यहरु कृष्णबहादुर महरा, हिराचन्द्र केसी, प्रदेशसभा सदस्य प्रकाश ज्वाला, तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेलगायतका जनप्रतिनिधिहरु काठमाडौंबाट तुलसीपुर आएका थिए ।

विमान अवतरण गर्दा पञ्चेबाजाको धुनले स्वागत गरिएको थियो भने स्थानीयहरु हर्षले नाचेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विमानसेवा सुरु भएको खुसीयालीमा ठूलो संख्यामा एयरपोर्ट पुगेका स्थानीयबासीले पहिलो उडानबाट आएका जनप्रतिनिधिहरुलाई फूलमालाले स्वागत गरेका थिए ।

थप समाचारको लागी यहाँ क्लिक गर्नु होला

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com