७ प्रदेशका प्रदेश प्रमुख नियुक्त हुने तर प्रदेशका अस्थायी राजधानी नतोकिने


प्रकाशित मिति : पुस २३, २०७४ आईतबार

प्रदेशहरुको अस्थायी केन्द्र तोक्न नपाउँदै ठाउँठाउँमा आन्दोलन शुरु भएपछि देउवा सरकार आत्तिएको छ ।

अब प्रदेशसभालाई नै सो अधिकार दिने भन्दै अस्थायी केन्द्र तोक्ने निर्णयबाट सरकार पछि हटेको छ ।

अहिले प्रदेशका अस्थायी राजधानी तोक्नुभन्दा बरु काठमाडौंमै सबै प्रदेशका सांसदहरुलाई बोलाएर सपथग्रहण गराउने सरकारले नयाँ जुक्ति निकालेको छ

सोमबार बस्ने मन्त्रिपरिषद बैठकबाट ७ प्रदेशका प्रदेश प्रमुख नियुक्त हुने तर प्रदेशका अस्थायी राजधानी नतोकिने कानुनमन्त्री यज्ञबहादुर थापाले अनलाइनखबरलाई बताए ।

थप समाचारको लागी यहाँ क्लिक गर्नु होला

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com