जनकपुरमा फोहर फाल्ने कन्टेनरमा महिलाको शव फेला


प्रकाशित मिति : पुस २२, २०७४ शनिबार

पुस २२, जनकपुरधाम, आज जनकपुर उपमहानगरपालिका–९ मा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार महोत्तरी जिल्ला लोहरपट्टी नगरपालिका–९ की ५२ वर्षीया रतियादेवी यादव रामानन्द चोकको तरकारी बजारमा मृतावस्थामा फेला परेकी हुन् ।

यादव रामानन्द चोकको तरकारी बजारमा तरकारी बेच्ने गरेकी थिइन् । मृतकले लगाएकी चप्पल फोहोर फाल्ने कन्टेनरमा भेटिएको र अन्य अनुसन्धान जारी रहेको प्रहरीले जनाइएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com