धादिङमा बस दुर्घटना, १८ को मृत्यु


प्रकाशित मिति : आश्विन ११, २०७३ मंगलबार

जिल्ला सदरमुकाम धादिङबेसीबाट उत्तरी धादिङको किन्ताङफेदी तर्फ जाँदै गरेको बा ३ ख ३३१८ नम्बरको बस पल्टदा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

दुर्घटनामा ९ जना गम्भीर घाइते भएका छन् । मंगलबार बिहान धादिङबेसीबाट ३१ जना यात्रु बोकी त्यसतर्फ गएको बस बिहान ११स्३० बजे मार्पाक गाँउ विकास समितिको वडा नं ५ लपाङखोला जिरोकिलो नजिकैबाट आखुँ खोला तर्फ ३ सय मिटर तल खसेको छ।

पहिरो गइ थुनिएको बाटो स्थानीयबासीले पन्छाइ बस पार गराउने क्रममा सो दुर्घटना भएको हो। घटनास्थल सदरमुकाम धादिङबेसीदेखि ३२ किलोमिटर टाढा छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com