साउदी जेलमा रहेका थानेश्वर भुसालको ‘ब्लड मनी’ जुट्यो


प्रकाशित मिति : पुस १९, २०७४ बुधबार

सडक दुर्घटना गराएको आरोपमा साउदी अरबमा चार वर्षदेखि जेल जीवन बिताइरहेका नवलपरासी, मध्यबिन्दुका थानेश्वर भुसालको जीवनरक्षाका लागि आवश्यक रकम ‘ब्लड मनी’ जुटेको छ ।

मध्यबिन्दु नगरपालिका, नवलपरासीका भुसालले साउदीमा सवारी चालकका रुपमा काम गर्दैगर्दा अर्को सवारी साधनले आएर ठक्कर दिँदा दुई जनाको ज्यान गएको थियो ।

सो घटनामा साउदी अदालतले एक लाख ५० हजार रियाल अर्थात् करिब रु ४५ लाख बढी रकम तिर्नुपर्ने अन्यथा आजीवन काराबासको सजाय भोग्नुपर्ने फैसला गरेको थियो । भुसालको आर्थिक अवस्था कमजोर रहेका कारण ‘ब्लड मनी’बापतको रकम तिर्न नसक्ने अवस्थालाई ध्यानमा राखी वैदेशिक रोजगारका क्षेत्रमा काम गर्दै आएको संस्था प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) ले भुसालको परिवारसँगको समन्वयमा सो रकम जुटाउन कोष खडा गरी अभियान नै शुरु गरेको थियो ।

कोषमा देश विदेशबाट गरी रु ४५ लाख ८५ हजार २४३ जुटेकाले अब सहयोग उठाउने कार्य बन्द गरिएको पिएनसिसीका अध्यक्ष कुलप्रसाद कार्कीले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले भन्नुभयो, “कोषको नाममा रहेको खातामा रु २३ लाख १५ हजार २४३ जम्मा भइसकेको छ । कोषमा जम्मा नभए पनि रु २२ लाख २७ हजार विभिन्न निकाय र संघसंस्थाले दिने घोषणा गरेका छन् । यो रकम जोड्दा ४५ लाखभन्दा बढी हुन्छ ।”

पिएनसिसीका महासचिव सोमा लामिछानेले कोषमा जम्मा भएको रकम नेपाल सरकारलाई हस्तान्तरण गरी भुसाललाई नेपाल फर्काउन प्रक्रिया शुरु गरिने जानकारी दिनुभयो ।

भुसाल विसं २०६७ असोजमा साउदी अरब जानुभएको थियो । साउदीमा चालकको काम गर्ने क्रममा त्यहाँ गएको १० महिनापछि उनको गाडीलाई पछाडिको गाडीले ठक्कर दिँदा अगाडि रहेको गाडीमा गएर ठोक्किँदा अगाडिको गाडीमा रहेका एक साउदी नागरिकको मृत्यु भएको थियो ।

साउदी नागरिकको मृत्युपछि त्यहाँको अदालतको सुनुवाइका क्रममा भुसाल र गाडीलाई पछाडिबाट ठक्कर दिने गाडीका चालक गरी दुई जनाले गरी साउदी रियाल तीन लाख अर्थात् करिब रु ९० लाख नेपाली तिर्नुपर्ने फैसला अदालतले गरेको थियो । अदालतको फैसलाअनुरुप भुसालले क्षतिपूर्तिबापतको आधा ४५ लाख तिर्नुपर्ने र नतिरेमा आजीवन जेलजीवन बिताउनुपर्ने थियो ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com