वाम गठबन्धनलाई पाँच वर्षका लागि जनादेश: विष्ट


प्रकाशित मिति : पुस १९, २०७४ बुधबार

नेकपा (एमाले) का सचिव गोकर्णराज विष्टले निर्वाचनमा जनताले वाम गठबन्धनलाई पाँच वर्षका लागि मुलुकको नेतृत्व गर्न जनादेश दिएको बताउनुभएको छ।

राष्ट्रिय जनसांस्कृतिक महासंघको ३०औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सचिव विष्टले एमाले र नेकपा (माओवादी केन्द्र) बीच बलियो एकता गरी पाँच वर्षभित्र १५ वर्षमा गर्न नसकिने विकासका काम गरेर देखाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – “यो अवधिमा गठबन्धनले मुलुकमा विकास र समृद्धिका काम गरेर जनताको विश्वास जित्नेछ, यसको नेतृत्व एमालेले गर्नेछ ।”

महासंघका अध्यक्ष खगेन्द्र राईले जनवादी साहित्य र संस्कृतिको प्रवद्र्धनका लागि वाम गठबन्धनको सरकारले काम गर्नुपर्ने बताउनुभयो ।

रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com