अवैध मदिरा नष्ट


प्रकाशित मिति : पुस १९, २०७४ बुधबार

अवैधरुपमा घरमा बनाएर बिक्रीका लागि बजार लग्दै गर्दा नुवाकोट प्रहरीले समातेको घरेलु मदिरालाई विदुरमा नष्ट गरिएको छ ।

सदरमुकाम विदुर आसपासका क्षेत्र, कोलनी, छहरे र ककनीका बजारमा बिक्रीका लागि लैजाँदै गर्दा प्रहरीबाट एक हजार १५० लिटर घरेलु मदिरा बरामद भएको र ती मदिरालाई नष्ट गरिएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

ककनी प्रहरी चौकीले नियन्त्रणमा लिएको ४०० लिटर पनि नष्ट गरिने प्रहरीले जनाएको छ ।

सदरमुकाम क्षेत्रमा घरेलु मदिराको बिक्री वितरण अत्यधिक भएको पाइएपछि प्रहरीले मदिरा उत्पादन गर्ने ग्रामीण क्षेत्रमा कडाइ गर्दै मदिरा बरामद गर्न थालेको हो ।

अवैध र अस्वस्थरुपमा उत्पादन भएका रक्सीले मानव स्वास्थ्यलाई असर गर्ने भन्दै प्रहरीले सदरमुकाममा रक्सी नियन्त्रण गर्ने अभियानअन्तर्गत निगरानी बढाएको हो ।
रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com